झापा, ३२ साउन । बाह्रदर्शी गाउँपालिका–७ सिमल चौक स्थित भित्री सडक खण्डमा कारको ठक्करबाट स्कुटीमा पछाडी सवार एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषा गणेशमान चारनाथ नगरपलिका घर भई हाल कंकाईमाई नगरपालिका–८ डेरा गरी बस्ने ३२ बर्षीया सरस्वती मगर रहेकी छन् ।
हिजो राती साढे १० बजे उत्तर जादैँ गरेको प्रदेश–१–०१–०१२ प १९४२ नम्बरको स्कुटीलाई प्रदेश १–०१–००१ च ७२७७ नम्बरको कारले पछाडीबाट ठक्कर दिई दुर्घटना हुँदा स्कुटी चालक बाह्रदर्शी गाउँपालिका–७ की २८ बर्षीया प्रमिता कार्की र पछाडी सवार सरस्वती घाइते भई उपचारका लागि
बीएण्डसी अस्पताल बिर्तामोडमा पुर्याउन साथ सरस्वतीको मृत्यु भएको छ थियो । स्कुटी चालक कार्कीको उपचार भईरहेको छ ।
दुर्घटना गराउने कार र चालक ईलाम जोगमाई–२ का २४ बर्षीय जंगबहादुर बस्नेतलाई ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा राखिएको छ ।
Discussion about this post