झापा, ३२ साउन । नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति झापाको अध्यक्षमा बाबुलाल सुब्बा निर्विरोध निर्वाचित भएका छन् ।
झापा जिल्ला खेलकुद विकास समितिको हलमा आइतवार सम्पन्न तेस्रो जिल्ला अधिवेशनले अध्यक्षमा सुब्बालाई निर्विरोध निर्वाचित गरेको हो ।
संघले आफ्नो विधान परिवर्तन गरी तेक्वान्दोसँग आवद्ध प्रशिक्षक समितिमा बस्न नपाउने नियम बनाएपछि प्रदिप श्रेष्ठ अध्यक्ष रहेको जिल्ला कार्यसमिति विगठन गरी बाबुलाल सुब्बाको नेतृत्वमा तदर्थ समिति गठन गरिएको थियो ।
अन्य पदाधिकारी तथा सदस्यहरु समेत निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा कुमार भट्टराई, सचिवमा योगेन्द्र रिजाल, कोषाध्यक्षमा पुनम सुब्बा तथा सदस्यहरुमा दिपेन धिमाल, जंगबहादुर राजवंशी, ज्ञानेन्द्र खड्का, सञ्जय राई र सुरेन्द्र चौधरी चयन भएका छन् ।
निर्वाचन अधिकृतका रुपमा झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदास मैनाली तथा सदस्यहरुमा कराँते प्रशिक्षक सौरभ प्रधान र सोनु राजवंशी थिए ।
नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य विजय न्यौपानेको प्रमुख आतिथ्य तथा प्रदेश नं. १ का सचिव गोपाल राईको विशेष आतिथ्यमा सम्पन्न उद्घाटन सत्रको अध्यक्षता बाबुलाल सुब्बाले गरेका थिए ।
कार्यक्रममा तेक्वान्दो सहायक प्रशिक्षक कर्ण दाहाल, जितेन्द्र मेचे, हरि भुजेल, शिक्षासेवी गुणानन्द थापा, जेम्स सुब्बा लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन कुमार भट्टराई र आर्थिक प्रतिवेदन पुनम सुब्बाले प्रस्तुत गरेकी थिइन् ।
Discussion about this post