झापा, २ भदौ । निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी पार्टी दर्ता भएको छ ।
माधवकुमार नेपालको अध्यक्षतामा आज नयाँ पार्टी दर्ता भएको हो ।
नेता राजेन्द्र पाण्डेका अनुसार नयाँ पार्टीमा प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी ३१ जना सांसद रहेका छन् ।
पाण्डेले आज दल दर्ताका बेला अध्यक्षमा माधवकुमार नेपाल, वरिष्ठ नेतामा झलनाथ खनाल र ९५ जना केन्द्रीय कमिटी सदस्य छन् । एमाले उपाध्यक्ष वामदेव गौतम भने नयाँ पार्टीको केन्द्रीय समितिमा छैनन् ।
पाण्डेले साविक नेकपा एमालेबाट आफूहरूको पार्टीमा ५८ जना केन्द्रीय सदस्य आएको जानकारी दिए ।
चुनाव चिन्ह भने के राख्ने भन्ने अझै टुंगिएको छैन । किताव प्रस्ताव गरिएको थियो । अब कलम वा अरू केही चुनाव चिन्ह हुन सक्ने पाण्डेले बताए ।
Discussion about this post