झापा, १ भदौ । बिर्तामोड–५ नयाँ बसपार्क स्थित मिलन चौकबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–५ का २७ बर्षीय मनोज चौधरी र बिर्तामोड नगरपालिका–५ का २३ का सुमन तामाङ रहेका छन् ।
आज दिउसो १२ बजे लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागूऔषध ब्राउन सुगर २० ग्राम र उनीहरुले प्रयोग गरेको मे २ प ८६८६ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।
Discussion about this post