झापा, २ भदौ । एमाले समाजवादीको केन्द्रीय सदस्यमा झापाका चार जना परेका छन् ।
माधवकुमार नेपालको एमाले समाजवादीको ९५ जना केन्द्रीय सदस्यमा झापाका ४ जना केन्द्रीय सदस्य परेका हुन् ।
झापाबाट एमालेको नयाँ पार्टीमा मेचीनगरका रविन कोइराला, बिर्तामोडका नरेश खरेल, अर्जुनधाराका भास्कर काफ्ले र गरामनीका खगेन्द्र चुडाल केन्द्रीय सदस्य बनेका छन् ।
लामो समयदेखि माधव नेपाल समूहका खरेल र कोइराला संविधान सभा सदस्य हुन् ।
Discussion about this post