झापा, २१ भदौ । पछिल्लो समय झापामा आत्महत्या गर्नेहरुको संख्यामा बृद्धि हुँदै गएको छ ।
विगत ३ बर्ष अगाडि जिल्ला प्रहरी कार्यालय झापामा आत्महत्याका २९२ वटा मुद्दा दर्ता रहेकोमा सो संख्या ह्वातै बढेर पछिल्लो आ.व.२०७७÷७८को असार मसान्त सम्ममा ३३५ पुगेको छ ।
आत्माहत्या गर्नेमा महिला भन्दा अधिकांश पुरुषहरुको संख्या बढी रहेको तथ्याङ्गले देखाएको छ । गत आ.व.मा सबै भन्दा बढी १ सय १९ जना पुरुषहरुले आत्म हत्या गर्दा महिलाहरुको संख्या १०८ रहेको थियो जुन महिला भन्दा पुरुषको ११ जना बढी हो । यसैगरी गत आ.व.मा ९ जना बालक र १९ जना बालिकाले आत्महत्या गरेका थिए ।
उमेर समुहका आधारमा १८ बर्ष मुनीका २५ जना, १८ देखि २५ बर्ष सम्मका ६९ जना, २६ देखि ३५ बर्ष सम्मका ७५ जनाले आत्महत्या गरेको कार्यालयका प्रवक्ता राकेश कुमार थापाले बताए ।
उनका अनुसार ३६ देखि ४५ बीचका ५८ जना, ४६ देखि ६० बर्ष सम्मका ६९, र ६० बर्ष माथि ९९ बर्ष सम्मका ३९ जना सहित ३ सय ३५ ले आत्महत्या गरेका छन् । सामाजिक संजालको प्रयोग, पारिवारिक बेमेल, नैराश्यता, गरिवी, आर्थिक लेनदेन, मादक पदार्थको सेवन लगायतका विभिन्न कारणले आत्महत्या गर्ने गरेको छन् ।
Discussion about this post