२४ असार २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कांग्रेस महामन्त्रीमा उठ्ने विश्वप्रकाश शर्माको घोषणा

भदौ २४, २०७८, ६:२४ .बिहिबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

झापा, २४ भदौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको महामन्त्री पदमा चुनाव लड्ने घोषणा गरेका छन् ।

बिपी कोइरालाको जन्मजयन्तीको अवसरमा सुन्दरीजल पुगेर शर्माले १४ औं महाधिवेशनमा महामन्त्री उठ्ने घोषणा गरेका हुन् ।

आज बिपीको १०८ औं जन्मजयन्ती हो । सुन्दरीजलमा बिपी संग्रहालय छ, यहाँ कांग्रेसका संस्थापक नेताहरूको शालिक छ ।

शर्माले बिहीबार दिउँसो १ बजेर ७ मिनेटको शुभ साइतमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए । सो अवसरमा शर्माले रूद्राक्षको विरूवा पनि रोपेका छन् ।

शर्माले महामन्त्रीमा उम्मेदवारी दिने थाहा पाएपछि स्थानीय नेता÷कार्यकर्ता पनि सुन्दरीजलमा उपस्थित भएका थिए । त्यही शर्माले छोटो सम्बोधन गर्दै आफू महामन्त्री पदमा उठ्ने घोषणा गरेका हुन् ।

आफू महामन्त्री बने नेपाली कांग्रेसलाई लगातार तीन आमनिर्वाचन जिताउन भूमिका खेल्ने संकल्प शर्माको थियो । यस्तै संकल्प पहिले बिपी कोइरालाले पनि लिएको तर त्यसबेला पूरा हुन नसकेको शर्मा बताउँछन् ।

प्रवक्ता शर्मा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवानिकट छन् । उनी २०७२ सालमा भएको १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य चुनिएका थिए । शर्मालाई सभापति देउवाले पार्टीको प्रवक्ता बनाएका हुन् । सभापतिमा फेरि यसपटक पनि देउवा उठ्ने तयारीमा छन् । देउवाकै टिमबाट शर्मा महामन्त्रीमा चुनाव लड्न लागेका छन् ।

शर्मा नेविसंघको राजनीतिबाट पार्टी राजनीतिमा आएका हुन् । उनी गत निर्वाचनमा झापा १ बाट माओवादीका राम कार्कीसँग पराजित भएका थिए । त्यसबेला प्रतिस्पर्धीलाई मित्रतापूर्ण व्यवहार गरेकोले उनको प्रशंसासमेत भएको थियो ।

झापाका शर्मा नेविसंघका पूर्वअध्यक्ष हुन् । उनले समाजशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । उनी कलिलै उमेर २०३७ देखि नै नेविसंघको राजनीतिमा लागेका थिए । राजनीतिसँगै शर्मा साहित्य र गीतसंगीतका क्षेत्रमा पनि सक्रिय छन् ।

शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेसँगै यसपालि कांग्रेस महाधिवेशन रोचक हुने देखिएको छ । कांग्रेसका युवा नेताहरू यो पटक महामन्त्री पदमा आमनेसामने हुने भएका छन् ।

महामन्त्रीमा केन्द्रीय सदस्य गगन थापा र प्रदीप पौडेल पनि लड्ने तयारीमा छन् । थापाले त भदौ १४ मै महामन्त्री पदमा लड्ने औपचारिक घोषणा गरिसकेका छन् ।

कांग्रेसमा दुइटा महामन्त्री पद छ । दुवै पद प्रत्यक्ष निर्वाचनमार्फत् आउने हो । यसपटक मनोनित महामन्त्री पद नभएकोले पनि युवा नेताहरू महामन्त्री पदमा नचाहेरै पनि आमनेसामने हुनेछन् ।

कांग्रेसको महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा हुनेछ । महाधिवेशन प्रतिनिधिहरू केन्द्रीय महाधिवेशनका मतदाता हुन्छन् । कांग्रेसमा करिब पाँच हजार महाधिवेशन प्रतिनिधि हुन्छन् ।

पछिल्लो समाचार

झापामा आत्महत्याको घटना बढ्दै

अघिल्लो समाचार

कांग्रेस मेचीनगर सभापतिमा उठ्ने बरालको घोषणा

Related Posts

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार
banner

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार

असार २२, २०८२, १०:३७ .आइतवार
थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत
banner -2

थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत

असार २२, २०८२, १०:०६ .आइतवार
काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै
banner -1

काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै

असार २२, २०८२, ८:०१ .आइतवार
मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन
अर्थ

मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन

असार २१, २०८२, ८:३२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.