झापा, २६ भदौ । सरकाले अनलाइन सञ्चार माध्यमलाई समेत लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने भएको छ ।
अहिलेसम्म छापा र बिद्युतिय सञ्चार माध्यमलाई मात्रै दिइदैं आएको लोक कल्याणकारी विज्ञापन अब अनलाइन सञ्चार माध्यमले समेत पाउने भएका हुन ।
शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले अर्थ सम्बन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने सम्बन्धी विधेयक संसदमा प्रस्तुत गर्दै भने, ‘लोक कल्याणकारी विज्ञापनको दायरालाई बिस्तार गरी अनलाइन मिडियालाई पनि लोक कल्याणकारी बिज्ञापन उपलब्ध गराउने ब्यवस्था मिलाएको छु ।’
प्रतिस्थापन विधेयकमा यस्तो छ ….
६१. लोक कल्याणकारी विज्ञापनको दायरा विस्तार गरी अनलाइनमिडियालाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने व्यवस्था मिलाएको छु ।
Discussion about this post