२३ बैशाख २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

विचार

नैतिकता

भदौ २६, २०७८, ४:४२ .शनिबार
0
0
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

मानव जातीको विकासक्रम हजारौं वर्ष पुरानो हो, अनि उसले अनेकौं क्रुर राज्य व्यवस्थाहरुलाई पार गरिसकेको छ ।

कालान्तरमा मानवजातीले पुँजीवादका अन्याय, अत्याचार अनि भ्रम भ्रान्तीका गञ्जागोल राज्य व्यवस्था मुक्त हुनुपर्ने थियो, तर किन मानिसहरु उज्यालो संसारबाट विचलित हुँदै अन्धकारमय पुँजीवादको नरकमा डुबुल्कि मार्न तछाड मछाड गरी रहेका होलान् ।

जसरी कुमालेले कच्चा पदार्थ, आफ्नो चक्रमा राखेर आफ्नो ईच्छा अनुसारको वस्तु तयार गर्दछ । त्यसरी नै हाम्रा राजनैतिक कुमालेहरुले पनि मानव मगजलाई आफ्नो वैचारिक चक्रमा राखेर इच्छा अनुसारको यन्त्रमानव तयार गर्दा रहेछन्, यो गतिशील विश्वमा सबै पदार्थहरु, प्राणीहरु अनि वनस्पति लगायत युगानुकूल विकास तर रुपान्तरित हुँदै जाने जगतको नियममा मानव मस्तिष्क पनि निम्न स्तरबाट उच्चस्तर तर्फ विकसित हुँदै, प्रकृतिको नियमसँग प्रतिविम्वित भएर नैसर्गिक अधिकारलाई सं–सम्मान समानरुपले प्रयोग गर्दै प्रकृतिको सिद्धान्त बमोजिम मानवजाती आफ्नो सृष्टिकालबाटै समाजवादी भएको हुनाले साम्यवादी अस्तित्वलाई यो धर्तीमा कायम राख्न लुटिएका र ठगिएका श्रमजीवी सर्वहारावर्गलाई ईतिहासको आदेश बमोजिम माक्र्सवादी सच्चाईले विभुषित गराएर सत्यको वास गरीवहरुको झुपडीमा गराउनु थियो । तर नेपालका महर्षीहरु भने आन्तरिक र वाह्य प्रभुहरुको खेलौना बनेर आफ्नो राष्ट्र, राष्ट्रीयता, धर्म, संस्कृति र नैतिकताबाट अलग हुँदै साम्राज्यवादको भक्तिभावमा तल्लिन हुन पुगेको देख्दा हामीलाई आश्चर्य लागि रहेको छ ।

यो रुने र हास्नेहरुको वर्गिय विश्वमा एक वर्गले अर्को वर्गप्रति गरेको अन्याय , अत्याचार, दमन र उत्पीडनलाई देखेर अनि भोगेर यो वर्गिय विश्वको चरित्रप्रति भावुक हुँदै कमरेडहरु तपार्इंहरु पनि रुनु भयो, अनि विधान सम्मत माक्र्सवादी सिद्धान्तले मात्र संसारभरिका श्रमजीवी सर्वहारा वर्गलाई यो पुँजीवादी नरकबाट मुक्ति दिलाउन सकिने रहेछ भन्ने अठोटका साथ श्रमजीवी किसानहरु र सर्वहारा वर्गको शक्तिशाली संगठनको निर्माण गर्नुभयो ।

त्यतिखेर समान्तवादी अत्याचारको काल कोठरीबाट निस्किएर उज्यालो संसारलाई देख्ने उत्कष्ट अभिलाषा बोकेको श्रमजीवी वर्गलाई अमृत झैं लागेको माक्र्सवादी सत्यताका शब्दहरुले उनीहरुको ह्दयमा मसाल जगायो । यसरी माक्र्सवाद, लेलिनवाद र माओ विचारधाराको राजनैतिक चरित्रबाट श्रमजीवी वर्गलाई दिनपछि रात हुने जगतको प्रकृया जस्तो छ । माक्र्सवाद पनि त्यस्तै स्वयंम्सिद्ध तथ्य हो । हामीलाई धर्मभिरु बनाएर पुँजीपतिहरु महान बन्न पुगका मात्र भान हुन, प्रकृतिको नियममा धर्ति सबैको साझा हो ।

अब सत्यको पक्षमा किसान मजदुर सबै एक भएपछि गरीब किसानहरुको खुन पसिनामा बाँचेका परजीवीहरुको शासन सत्ता तासको महल झैं ढल्नेछ, भन्दै गर्दा लुटको स्वर्ग भत्किने सपना देखेर सत्यका विरोधी मानव भक्षकहरुको राज्य व्यवस्थाले (के.पी. ज्यू) तपाँईहरुलाई एकाएक पकडिएर यातना दिएको खबर हामीले सुन्दा र महान मुत्तिदाताहरुलाई चारकोसे झाडिमा शिकार गरेको देख्दा अहिले पनि हाम्रो मुटुमा तीर गाडिए झैं प्रतीत हुने गर्दछ ।

तर नेपाली जनताहरुले माक्र्सवादलाई धर्तिबाट विदा दिने षडयन्त्रमा साम्राज्यवादीहरुले चालेको कुटिल चालको झुट र सच्चाईलाई ठम्याउन नसक्दा ठुलै भ्रम र भ्रान्तिको जालोमा फस्न पुगेर कयौं साथीहरुले जिउ धन गुमाउनु प¥यो । आखिर आज नेपाली जनताले जे देख्तै छ, अनि भोग्दैछ, यो परिदृष्यमा अन्तराष्ट्रिय विश्व सर्वहारा संगठनलाई समाप्त पार्ने खेलको पात्र तपाँईहरु पनि बन्न पुग्नु भएको तथ्य तपाँईहरुको काम कारवाहीले पुष्टि गरी सकेको छ ।

अर्को तर्फ संसारमा सबभन्दा प्रगतिशिल सबभन्दा मानवतावादी र सबभन्दा उत्कृष्ट सभ्य समाजको निर्माण गर्ने शब्द नैतिकता नै हो । प्रकृतिको सृजनामा प्राणी जातीलाई यहाँ सम्म ल्याउने करुणा र प्रेमको रक्षक पनि नैतिकता नै हो । जसलाई आदिम साम्यवादी युगका मानिसहरुले व्यक्तिगत मनो भावनाबाट उत्पन्न हुने व्यक्तिवादी चिन्तन र चेतनाका भ्रान्ति र भ्रमहरुलाई ह्रयदयमा अङ्गरित हुन नदिएर सामाजिक समानताको आधारमा सामाजिक सदभाव अनि करुणा र प्रेमले सुजित मानव सभ्यता र संस्कृतिको रक्षा गर्दै, आजको वर्गिय विश्वमा साम्राज्यवाद र समाजवाद विचको ऐतिहासिक द्धन्द भित्र पञ्चशिलको आधारमा विश्व शान्ति र संमृद्धिलाई अमरत्व दिन खोज्ने नैतिक शब्दको प्रयोग साम्यवादका प्रवर्तकहरुले नै गरेका थिए ।

नैतिक शब्द अब विश्वमा हुने वा हुन लागेका र भैसकेका युद्ध अपराधहरुलाई रोकेर संसारलाई एउटै रङ्गिन मालाको रुपमा वैचारिक शूत्रले उनेर शान्ति र समृद्धि दिन सक्ने विधान संम्मत शब्द हो । यदि नैतिक शब्दको पालना भएन र यो २१ औं शताब्दिको उत्तरार्धमा विज्ञानको विकासले मानव नैतिकताको ख्याल गरेन भने प्राणी र वनस्पती जगतको के कुरा यो विश्व नै खरानीमा परिणत हुने छ । त्यसैले अनैतिक चिन्तन गर्नु भनेको मगजहिन मगजको उपज हो । कमरेड माधव ज्यू गाईजात्रा शुरु भैसकेको छ । अब भविष्यले नै बताउला ।
जसरी यो विश्व यथार्थमा आधारित हुँदै, आफ्नो सृजना विकास अनि विनाशमा जगतको निती र नैतिकता बमोजिम अनवरत रुपले चलि रहन्छ भने मानिसहरु अनैतिक कार्यमा सरिक हुँदै नैतिकता र ईमान्दारिताको छातीमा टेकेर न अध्यात्मिक, न भौतिक आधारहिन बहुलवादी राज्य व्यवस्थामा देश र दुनियाँलाई गतिहिन बनाउँदै मानव मगजको प्रकास पुञ्ज नैतिक शब्दको धज्जि उडाएर आफू युग पुरुष बन्न खोज्दछ भने ईतिहासमा यो पनि एउटा कलंङ्क नै हो ।

मानव जातीले सृष्टिकाल देखि नै अर्थात आमाको गर्भबाट नै अनेकौं वाद विवादको चिन्तन बोकेर आएको होइन । यो त काल क्रममा भौतिक विकासले जन्माएको पुँजीवाद भित्रबाट उत्पन्न भ्रम र भ्रान्तिको पराकष्ट पात्र हो । त्यसै कारण माक्र्सवाद ज्ञान प्राप्तिको प्रवोधक भएको हुनाले मानव समाजमा पलाएका अनेकौं समाजिक विकृतिहरुलाई हटाएर वास्तविक जगतलाई ठम्याउन सक्ने वा सत्यको प्रतिविम्व मानव मगजमा पार्न सक्ने विज्ञान संमत माक्र्सवादको गुण भएको हुनाले संसारमा एउटै चिन्तन र चेनता भएको विश्व व्यवस्था निर्माण गर्न सक्ने माक्सवादी सत्यतालाई अधिनायकवाद भनेर दमन र उत्पिडनको वर्गिय विश्व खडा गर्दै मानव जातीलाई नरकको वास गराउने पुँजीवादको पुजा गर्नु भनेको वास्तविक जगतबाट अलग भएर मिथ्या जगतको परिकल्पना गर्नु मात्र हो ।

अनि त मानव जातीलाई दिसाबोध गराउने नैतिक शब्द तपाईहरुका कारण संकटमा परेपछि अब नेपालको आकासमा चिल, गिद्धहरुको विचरण हुने संभावना प्रबल रुपले बढिरहेको छ । यो विश्वमा अर्थात ब्रम्हाण्ड भरि नै माक्सवादी, लेलिनवादी विचार धारा सबभन्दा मानवतावादी र सबभन्दा न्यायोचित भातृत्व पूर्ण विचारधारा हो । सबै युगहरुबाट खारिदै र परिष्कृत हुँदै पुँजीवादी विकृतिहरुको नकार पछि युगानुकूल प्रकटहुन पुगेको विज्ञान संम्मत विचारधारा हो । माक्र्सवाद यस्तो विज्ञान संम्मत सिद्धान्त हो जसले मानव जगतको आर्थिक, राजनीतिक, न्यायिक सबै क्षेत्रमा माक्र्सवादी विज्ञान संम्मत सत्यको सार मानव मगजमा प्रति बिम्वित भइसकेपछि साम्राज्यवादीहरुको चिन्तन शक्ति कुँजो भएर फेरि यो मानव संसारमा यस्तो कोलाहलमय अनेकौं वादको जन्म हुने छैन ।

सामान्य ज्ञान भएको सामाजिक चेतनाले वास्तविक समाज व्यवस्थाको प्रतिबिम्व ठम्याउन नसक्ता यस्तो चेतना शश्लिष्ट र रुपहिन बन्न पुगेको मात्र हो । त्यसैकारण बौधिक, भौतिक सबै ज्ञानहरु पुँजीवादी व्यवस्थामा गञ्जागोल भएर रहेको हुँदा साम्राज्यवाद, समाजवादको पथमा अवरोध बन्न पुगेको छ ।

मनव मगजमा माक्र्सवादको ज्ञान सिद्धान्त सिञ्चित नभए सम्म दलाल, नोकरसाही पुँजीवादी अन्तिम रुप साम्राज्यवादका भरौटेहरुले माक्र्सवादको साधारण ज्ञान सँग पनि नभएका सामान्तवादी अन्याय र अत्याचारको राज्य व्यवस्थामा आर्जित सम्पत्ति माथि विलाशिता जीवन बिताएर रङ्गिन रुप धारण गर्न पुगेका नक्कली कम्युनिष्टहरुलाई पुँजीवादको झिलमिले विश्वमा रमन गर्न पाउने पुँजीवादी अफिम पुँजीजीवीहरुले सेवन गराएपछि ईतिहासको पाँग्रालाई उल्टो घुमाउने साहसले साम्यवादलाई साम्राज्यवादमा रुपान्तिरित गर्ने प्रयास भएको देख्दा यो गतिशील जगतमा प्रकम्प आउन सक्ने संम्भावनाको संकेत क. माधव र क. के.पीले दिन खोज्दै हुनुहुन्छ ।

आजको विश्व परिवेशलाई संश्लेषण र विश्लेषण गर्दै वास्तविकताको चित्र उतार्ने हो भने आजको विश्व परिदृश्यमा सांम्राज्यवादले नेपाल जस्ता धेरै निरिह मुलुकहरु माथि नज उपनिवेशवादको निती लादेर विश्वमा एकछत्र शासन गर्नको निमित्त समाजवादी मुलुक चिनलाई घेराउ गर र हान भन्ने उद्देश्यले सर्वप्रथम नेपालीहरुलाई प्रयोग गर्न एम.सि.सि. को योजनालाई अघि बढाई रहेको छ ।

आज नेपालीहरुको आफ्नो स्वाधिनता, स्वतन्त्रता र सार्वभौमिकता माथि आँच पुग्न सक्ने अथवा नेपालको अस्तित्व नै धर्मराउन सक्ने कपटपूर्ण जाल साम्राज्यवादी अमेरीकाले बुनिरहेको अवश्थामा नेपालका महार्षिहरुको मगजमा धमिरा पस्न शुरु ग¥यो भने यसबाट नेपालमा एउटा ऐतिहासिक काल खण्डको सृजना हुन पनि सक्ने छ । यसरी राज्यलाई संकटमा पु¥याउने कार्य न अतितमा भयो, न भविष्यमा नै ।

वर्तमानलाई के भन्ने, वर्तमान आकासबाट झर्दै गरेको तारा जस्तै हो । लाग्छ यो समय होइन, त्यसैले श्री कृष्णले भने जस्तै स्थित प्रज्ञ भएर निर्णय गरौं । नत्र यो पुँजीवादका कोशेलीले अमृतको रुपमा भित्रिएर ज्वालाको रुपमा प्रकट हुनेछ । ईतिहास समयको न्यायधिस हो ।
यसरी सभ्यता र संस्कृतिको जग हाल्ने नैतिकताको उपहास गरिए पछि बहुलवादी राजनितीको आत्मिक गीत बन्दहुन लागेको हुनाले हाम्रा महार्षीहरु धर्तिबाट विदा हुन लागेको बहुलवादको वरिपरी घेरा हालेर रुनु व्यर्थ छ । मानज जगतमा पहिलो सभ्यताको जग खन्ने शब्द नैतिकता नै हो ।

त्यसैले मानज जातीको सभ्यता र संस्कृतिमा नैतिकता मानज मगजको प्रकाश पुञ्ज भएको हुनाले मानव जातीलाई जंङ्गली जनावरको अवस्थाबाट सु–सभ्य र सु–संस्कृत आधुनिक विश्वमा अवतरण गराउन सफल भएको छ । कमरेडहरु तपाईंहरु जस्तो प्राज्ञिक व्यक्तित्वले नैतिकताको छातिमा टेकेर यो विकृति पूर्ण राजनितिको प्रहसन गरी रहँदा नेपालीहरुको सभ्यता, संस्कृत र विज्ञान संम्मत् माक्र्सवादी सिद्धान्तको धरातलमा प्रकम्पन हुन लागेको हामीलाई प्रतित हुँदैछ ।

क. माधव ज्यू, यस्तो विज्ञान संम्मत् माक्र्सवादी सत्यतालाई स्वयम् आफ्नो मगजमा सिञ्चित गराएपछि समस्त जनतामा यो माक्सवादी ज्ञान सिञ्चित भइसकेको होला । तर यथार्थताको विपरीत अपतार्थ पुँजीवादन्मुख ज्ञानले दिक्षित भएका सांसदहरु विक्षिप्त हुँदै अमृत कुण्डबाट नरककुण्ड तिर वसाँई सरेको देख्दा यो विश्व भरिकै वौधिक व्यक्तित्वले बहुलवादी जनवादलाई ठम्याउन नसकेपछि निरार्थकवादको रुपमा व्याख्या गर्न लागि रहेका छन् ।

कमरेडहरु त्यति लामो अन्तरालमा त्यति धेरै विद्धान विदुषीहरुले तर्क, व्याख्या र विश्लेषणको आधारमा तयार गरिएको संविधानमा विभिन्न आदर्श र सिद्धान्त बोकेका सांसदहरुले फरक आदर्श र सिद्धान्त भएका दलहरुमा सो विवेक प्रयोग गर्न पाउने अप्राकृतिक संविधान कसरी निर्माण गरे होलान् । त्यसो भए अब दलको औचित्य के रह्यो र ?

यसरी संविधानमा अदालतको व्याख्याले नैतिकताको ख्याल नगरे पछि, राजनितीप्रति जनताको आस्था र विश्वास रहला ? अब तपाईंहरुको राजनैतिक चरित्र माथि मनन चिन्तन गर्ने हो भने समाजवाद र साम्राज्यवादको सैद्धान्तिक आधार एउटै हो भने र सैद्धान्तिक तर्क गर्न सक्ने अथवा ईतिहासलाई व्यक्तिको ईच्छानुसार अघि र पछि सार्न सक्ने विज्ञान सम्मत सैद्धान्तिक आधार के छ त ?

जनतालाई भ्रम र भ्रान्तिको जालमा पारेर अथवा साम्यवादी स्वप्न स्वाद चखाएर श्रमजीवी सर्वहारा वर्गलाई हुरी भित्रको चरा बनाए पछि, वुर्जुवा वर्गले भनेको झुटको स्वर्ग खोज्दै बादलमाथि विचरण गर्नु भनेको यो २१ औं शताव्दीमा सबभन्दा अमानवीय र अपराधपूर्ण कार्य हो । विश्व सर्वहारा वर्गको सङ्गठन, माक्र्सवादको झण्डा आफ्नो हवेलीमा लहराउँदै व्यवहारमा साम्राज्यवादलाई सलाम ठाकेर नेपाल र नेपालीको अस्तित्वमा धराप थाप्न लाग्नु भएको त होइन ?

अब साम्राज्यवाद र उसका आसे गाँसेहरुको साझा मंञ्चको पर्दामा प्वाल परिसकेको हुनाले उसका पात्रहरुले खेलको खेल दुनियाँको अगाडि उदाङ्गो भैसकेको छ । त्यसैकारण आफ्नो राष्ट्र, राष्ट्रियता, भाषा, धर्म, संस्कृति, स्वाधिनता, सार्वभौमिकता र सभ्यता प्राण भन्दा पनि प्रिय हुनाले नेपाली जनताहरुको हृदयमा राज्यको तर्फबाट राप ताप पुग्न गयो भने राज्यले सुकाएको पाखामा डढेलो लाग्दैन भनेर कस्ले भन्न सक्छ र ? यो त जगत्को नियम नै हो । जब अन्याय र अत्याचारले पराकाष्ट हुन्छ , त्यहाँ क्रान्ति हुन्छ । ईतिहासलाई लगाम लगाएर सवार गर्न खोज्नु विनाशको बाटो शिवाय अरु केही होइन ।

त्यसैले अब यो देश र जनताको रक्षा गर्नु छ भने विज्ञान सम्मत माक्सवादले व्याख्या गरेको नैसर्गिक अधिकार सहितको श्रमजीवी सर्वहारा वर्गको अधिनायकत्व जनवादी राज्यसत्ता कायम गर्नको लागि युगले आदेश गरे बमोजिम ईतिहासले सुम्पिएको जिम्मेवारी पूरा गर्न सक्ने माक्र्सवादमाथि पूर्ण विश्वास र आस्था भएको ससक्त क्रान्तिकारी पार्टीबाट मात्र नेपाल र नेपालीको अस्तित्व कायम रहन संभव छ ।

नत्र दास र मालिकको रुपमा देखा परेको ने.क.पा. र कांग्रेस सहितको अनेकौं नैतिकहीन पार्टीहरुको गठबन्धनले साम्राज्यवादलाई नेपालमा भित्त्राउने छन् । आजको विश्व परिवेशको परिदृश्यमा यही कुराको झझल्को दुनियाँको मानसपटलको चित्रमा नाचिरहेको छ । अनि गर्दै छन् खवरदबरी ।

लेखक : कमल चुडाल
सुरुङ्गा, झापा
मो : ९८१६९४८४१४

पछिल्लो समाचार

मेचीनगरमा राप्रपाको गतिविधि तिब्र 

अघिल्लो समाचार

अब अनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन

Related Posts

बाणिज्य संघको चुनाव : अध्यक्षमा कसले मार्ला बाजी ?
banner

बाणिज्य संघको चुनाव : अध्यक्षमा कसले मार्ला बाजी ?

बैशाख २३, २०८३, २:३० .बुधबार
बाणिज्य संघको चुनाव : उम्मेदवारहरु भोट माग्दै व्यवसायीको पसल–पसलमा
banner -2

बाणिज्य संघको चुनाव : उम्मेदवारहरु भोट माग्दै व्यवसायीको पसल–पसलमा

बैशाख २३, २०८३, १:४५ .बुधबार
आजदेखि चारआलीको सब्जी मण्डी सञ्चालनमा
banner -1

आजदेखि चारआलीको सब्जी मण्डी सञ्चालनमा

बैशाख २३, २०८३, १:०० .बुधबार
मेचीनगरले थाल्यो विद्यालयमा लागूऔषध रोकथामको अभियान
box -1

मेचीनगरले थाल्यो विद्यालयमा लागूऔषध रोकथामको अभियान

बैशाख २२, २०८३, २:११ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.