२९ बैशाख २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कर्णाली सहकारीले दियो संक्रमित सदस्यलाई उपचार खर्च

अशोज ३, २०७८, ९:१९ .आइतवार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३ असोज । कर्णाली बचत तथा ऋण सहकारी संस्था केन्द्रिय कार्यालय बिर्तामोडले आइतवार एक जना सदस्यलाई उपचार राहत रकम प्रदान गरेको छ ।

कार्यालयले कोभिड–१९ का कारण विरामी भई उपचार गराएकी मेचीनगर–७ स्थित ईटाभट्टा सेवा केन्द्रकी सदस्य लिलाकुमारी कट्टेललाई उपचार खर्चको ४० प्रतिशत रकम हस्तान्तरण गरेको हो ।

कोरोनाको कारण स्वास्थ्यमा गम्भीर समस्यामा पुगेकी कट्टेलको उपचारमा ९ लाख ६७ हजार ७ सय रुपैयाँ खर्च भएको थियो । उक्त उपचार खर्चको ४० प्रतिशतले हुँन आउने रकम ३ लाख ८७ हजार १ सय रुपैयाँ संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठ र कार्यक्रमका प्रमुख अतिथि प्रदेश एकका सांसद गोपालचन्द्र बुढाथोकीले सदस्य लिलाकुमारीका छोरालाई हस्तान्तरण गरेका थिए ।

राहात रकम हस्तान्तरण पछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बुढाथोकीले जनताले आफ्नो हक अधिकार प्राप्तिका लागि बलिदानी पूर्ण संघर्ष गरेर प्राप्त गरेको नयाँ संविधानले आम नेपाली जनताको हक अधिकारलाई सुनिश्चित गरेको बताए ।

सांसद बुढाथोकीले सरकारले सहकारीलाई देशको तीन खम्बे अर्थ नीतिको रुपमा लिएको हुँदा सहकारीले समाजमा रुपान्तरणकारी भूमिका निर्वाह गर्नु पर्ने बताए ।

कोभिडको महामारीले जनजिवन अस्तव्यस्त बनेको बताउँदै उनले कोभिडलाई सामान्य रुपमा नलिन र सरकारले निर्देशन गरेको स्वास्थ्य सुरक्षा मापदण्डलाई पूर्ण रुपमा पालना गर्न सुझव दिए । सहकारीले आफ्नो सदस्यको उपचारमा ठूलो आर्थिक सहयोग गरेको भन्दै उनले सहकारी संस्थाले सञ्चालन गरेको यस किसिमको कार्यक्रमले अभिभावकत्व प्रदान गर्ने बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष श्रेष्ठले जस्तो सुकै परिस्थितिमा पनि आफ्ना सदस्यहरुलाई आर्थिक अभावका कारण उपचार पाँउनबाट बन्चित हुनु नपरोस् भन्ने उद्देश्यले विशेष उपचार कोष सञ्चालन गरेको र सवैलाई सो कोषमा सहभागी बन्न अनुरोध गरे ।

सहकारीमा सदस्यहरुले पाँच हजार रुपैयाँ उपचार कोषमा जम्मा गर्नुपर्ने र एक वर्षपछि एक हजारले नवीकरण गरेपछि उक्त कोषबाट उपचार राहत पाउने व्यवस्था गरेको सहकारी संस्थाका सचिव भुपाल बस्नेतले बताए ।

संस्थाकी सञ्चालक सदस्य जानुका ओलीले सहकारी संस्थाले हाल उपचार खर्चको ४० प्रतिशत रकम उपलब्ध गराउने व्यवस्था गरेको र निश्चित समयपछि १० लाखसम्म उपचार खर्च दिने भएकोले सबै सदस्यहरुले निर्धक्क भएर सदस्यतालिन र राहत प्याकेजमा सहभागी हुन अनुरोध गरिन् ।

सो सहकारीले हाल झापा, इलाम र मोरङमा ३८ वटा सेवा केन्द्र स्थापना गरिसकेको छ भने ४१ हजार शेयर सदस्य विस्तार गरेको सहकारीले जानाएको छ ।

कार्यक्रममा जेष्ठ नागरिक खेमराज अधिकारी, श्याम घिमिर, श्रीप्रसाद सिटौला लगायतले बोलेका थिए । उपाध्यक्ष ईश्वरीप्रसाद खरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव बस्नेतले गरेका थिए ।

पछिल्लो समाचार

जेसिज सप्ताहको स्वास्थ्य शिविर

अघिल्लो समाचार

भरतमणि भए कमेडी च्याम्पियन

Related Posts

एआई तालिमले नगरवासीको हितमा कलम चलोस् : नगरप्रमुख बुढाथोकी
banner -1

एआई तालिमले नगरवासीको हितमा कलम चलोस् : नगरप्रमुख बुढाथोकी

बैशाख २८, २०८२, ६:४२ .आइतवार
स्वास्थ्य शिविर : तेस्रो दिन ३६२ जनाले लिए सेवा
banner

स्वास्थ्य शिविर : तेस्रो दिन ३६२ जनाले लिए सेवा

बैशाख २८, २०८२, ५:४२ .आइतवार
शिविरमा ३ क्षयरोगी भेटिए, ६६ जनाको खँकारको नमूना संकलन
banner

शिविरमा ३ क्षयरोगी भेटिए, ६६ जनाको खँकारको नमूना संकलन

बैशाख २७, २०८२, ६:४२ .शनिबार
अब रहेनन् विनोद बस्नेत
box -1

अब रहेनन् विनोद बस्नेत

बैशाख २६, २०८२, ९:४८ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.