धुलाबारी, ४ असोज । मेचीनगर नगरपालिका क्षेत्रका विद्यालयहरु बुधबारदेखि खुल्ने भएका छन ।
नगर कार्यपालिकाको आइतबार बसेको बैठकले विद्यार्थीहरु भौतिक रुपमा उपस्थिति गराएर नै विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेको शिक्षा शाखाका प्रमुख होमनाथ भण्डारीले बताए ।
उनका अनुसार मेचीनगरका विद्यालयहरु पुर्ण रुपमा सञ्चालन हुने भएको छ । विद्यार्थीहरुलाई तीन पटकसम्म सिप्ट गरेर पढाउन र सुरक्षा मापदण्ड अनिर्वाय पालन गर्न विद्यालयलाई निर्देशन गरेको उनको भनाइ छ ।
‘एउटा कक्षा कोठाको एउटा बेञ्चमा एक जना भन्दाबढी विद्यार्थी राख्न पाईदैन’, भण्डारीले भने –‘त्यसको अनुगमन वडा कार्यालयहरु र समग्रको हकमा नगरपालिकाले गर्छ ।’
Discussion about this post