झापा, ४ असोज । गौरादह नगरपालिका–१ का राजेशचन्द्र गिरीले ‘नेपालको संसदीय अभ्यासमा राष्ट्रिय प्रजातन्त्र पार्टी’ विषयमा विद्यावारिधि गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयका विज्ञ प्राध्यापकहरुले आज विद्यावारिधि शोध सफल भएको जानकारी दिएको गिरीले बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले वि.सं. २०४७ देखि २०७४ सम्म संसदीय अभ्यासमा रहँदा गरेको गतिविधि र उसका नीति कार्यक्रमलाई उनले
शोधको विषय बनाएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्य सम्पादन समितिका सदस्य रहेका उनी २०७३ सालतिर पार्टीको सहमहामन्त्री समेत थिए । अध्ययन र राजनीति दुबैलाई आगामी दिनमा समेत सँगसँगै लैजाने डा.गिरीले बताए ।
नेपालमा राजनीतिक दलको विषयमा विद्यावारिधि गर्नेहरु राजनीतिक क्षेत्रमा अरुहरु पनि छन् । नेकपा एमालेका उपाध्यक्ष डा. भीम
रावलले गत वर्ष नेपालको कम्युनिस्ट आन्दोलन विषयमा शोध पूरा गरी त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन् ।झापाकै राजकुमार पोखरेल र अभियन्ता सुरेन्द्र केसीले पनि कम्युनिस्ट आन्दोलनकै विषयमा विद्यावारिधि पूरा गरेका हुन् ।
Discussion about this post