४ श्रावण २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

वाटर किङ्डम पार्कमा मंगोलियन हार्टद्वारा सांगीतिक कार्यक्रम हुने

कार्तिक २४, २०७८, ११:५७ .बुधबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

झापा, २४ कात्तिक । शिवसताक्षी नगरपालिका–८ मा ५२ करोड निजी लगानीमा सञ्चालनमा ल्याइएको जिल्लाकै ठूलो वाटर किङडम पार्क एण्ड रिसोर्टमा नेपालकै चर्चित मंगोलियन हार्टका राजु लामाको सांगीतिक व्यान्डमार्फत कार्यक्रम हुने भएको छ ।

पार्कको व्यापक प्रचार प्रसार गर्ने उद्देश्यले आगामी मंसिर १० गते सो कार्यक्रम गरिने वाटर किङडम पार्क एण्ड रिसोर्टका सञ्चालक सौजनराज संग्रौलाले मंगलबार पत्रकार सम्मलेन गरी जानकारी गराएका हुन् ।

विर्तामोडदेखि पश्चिम १७ किलोमिटर र दमकपूर्व १४ किलोमिटरमा रहेको पूर्वपश्चिम राजमागको झिलझिले चोकदेखि ३०० मिटर दक्षिणमा रहेको पार्कमा प्रत्येक महिना विभिन्न सांगीतिक कार्यक्रम हुँदै आएको उनले बताए ।

ठूलो लगानी गरेर गतबर्ष मात्र सञ्चालनमा ल्याइएको पार्क कोभिड–१९ को महामारीका कारण लामो समय बन्द हुँदा ठूलो नोक्सानी व्यहोर्नुपरेको उनको भनाई छ । बन्दको समयमा छ करोड ५० लाख घाटा व्यहोरेको पार्कमा पछिल्लो समय आन्तरिक पर्यटकहरु आउन थालेका छन् ।

“सरकारले पर्यटन क्षेत्र खुल्ला गरेसँगै आन्तरिक पर्यटक आउन थालेका छन”, उनले भने “हाम्रो उद्देश्य भनेको बाह्य पर्यटकलाई पनि आकर्षण गर्ने हो । राजु लामा देशकै चर्चित सांगीतिक क्षेत्रका हस्ती हुन । हाम्रो पार्कको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचार हुने अपेक्षाले कार्यक्रम आयोजना गरेका हौ ।”

साँझ ६ बजेदेखि १० बजेसम्म हुने कार्यक्रम सञ्चालनका लागि ३० लाख अनुमाति खर्च हुने उनले जानकारी दिए । कार्यक्रममा मनोरञ्जन लिन आउने सहभागीहरुबाट एक हजारदेखि २५ हजारसम्मको टिकट विक्री गरिने योजना रहेको छ । सांगीतिक कार्यक्रमबाट मनोरञ्ज लिनका लागि करिब पाँच हजार पर्यटक भित्र्याउने अपेक्षा लिएको उनको भनाइ छ ।

पार्कमा पानीबाट मात्र खेलेर मनोरञ्जन लिन सकिने स्विमिङ पुल, वेब पुल, मल्टिलेण्ड स्लाइड, वेब स्लाइड, क्रुसर स्लाइड, सोफालेण्ड स्लाइड र पेन्डुलम स्लाइड छन् । पर्यटकलाई थप मनोरञ्जन प्रदान गर्ने उद्देश्यले जिप लाइन, सुपरम्यान जिपलाइन र जिप साइक्लिङ पनि व्यवस्था गरिएको सञ्चालक समिति सदस्य तथा पत्रकार विनोद सापकोटाले बताए ।

उनका अनुसार पार्कसँगै विवाह गर्ने, विभिन्न प्रकारका उत्सव मनाउने, पिकनिक खाने, तालिम, गोष्ठी, सेमिनार र विभिन्न सभा समारोह गर्नका लागि सुविधा सम्पन्न रिसोर्ट समेत सञ्चालनमा रहेको छ । यहाँले स्थानीय ७० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

पछिल्लो समाचार

छठ पर्व : साँझ अस्ताउँदो सूर्यको पूजा गरिदैँ

अघिल्लो समाचार

एस निकट महासंघको प्रदेश भेला झापामा हुने

Related Posts

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत
banner

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत

साउन ४, २०८२, ६:२८ .शनिबार
पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन
banner -1

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ४, २०८२, ५:२९ .शनिबार
औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
box -2

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार
विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु
box -3

विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु

साउन ३, २०८२, ५:११ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.