बिर्तामोड, २९ कात्तिक । नेकपा एमालेको दशौं महाधिवेशनका लागि झापा क्षेत्र नं. २ बाट सर्वसम्मत रुपमा प्रतिनिधि छनोट गरिएको छ ।
निर्वाचन परिचालन तथा सहजीकरण समितिका अनुसार खुला तर्फ ८ जना र महिला तर्फ ३ जना सर्वसम्मत भएका छन् ।
महाधिवेशन प्रतिनिधिका लागि झापा–२ बाट खुला तर्फ चिन्तन पाठक, प्रेम गिरी, बद्री भट्टराई, रोमणी भट्टराई, उमानाथ ओली, एकराज कार्की, सन्तकुमार राई र वृहस्पति उप्रेती रहेका छन् ।
यस्तै, महिलाबाट पवित्रा देवी महतरा, विष्णुमाया भट्टराई र अनिता कन्दङ्वा रहेका छन् । यसअघि झापा क्षेत्र नं। ५ ले १० जना र जिल्लाबाट ३ जना दलित प्रतिनिधि सर्वसम्मत भइसकेको छ ।
Discussion about this post