झापा, ३ मंसिर । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपाल जिल्ला कमिटी झापाको अध्यक्षमा सुनिल थापा चयन भएका छन् ।
शुक्रबार बिर्तामोडमा नेकपा एकीकृत समाजवादी निकट युवा संघको झापा जिल्ला भेला र कमिटी गठन कार्यक्रममा सुनिल थापाको अध्यक्षतामा १५१ सदस्यीय युवा संघ नेपाल जिल्ला कमिटी झापाको गठन गरिएको हो ।
कमिटी उपाध्यक्षहरुमा प्रवल भण्डारी, कृष्ण लोहार, चेतन पौडेल, सचिवमा प्रतिक राजवंशी, सहसचिवहरुमा राज लावती, दिपक खनाल, विरेन्द्र राजवंशी, मोहन गुप्ता र कोषाध्यक्षमा पार्वती राजवंशी छन् ।
युवा संघ नेपालका केन्द्रीय सदस्य तथा झापा इञ्चार्ज खगेन्द्र बारकोटीको सभापतित्व तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश शाहीको प्रमुख आतिथ्यताामा भएको कार्यक्रममा केन्द्रीय सदस्य विमला देवकोटाले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य निलमणि बराल, झापा अध्यक्ष बेदराज रेग्मी, जिल्ला सदस्य धर्म शिवाकोटी, युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष दिपक दवाडी, प्रदेश अध्यक्ष प्रत्युस राना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा समाजवादी प्रेस संगठनका सल्लाहकार लिला बराल, प्रदेश नं. १ का ईन्चार्ज तीर्थ सिग्देल, अनिलदेव राई, शंकर थापा, अर्जुन मेचे, राजन थापा, गोपाल एक्तेन लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन युवा संघ नेपालका केन्द्रीय स्थायी कमिटी सदस्य नवीन इजमले गरेका थिए ।
Discussion about this post