७ जेष्ठ २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

लाल भागिरथा प्रतिष्ठानद्वारा डाक्टर, कृषक र गृहिणीलाई पुरस्कार दिने निर्णय

मंसिर १८, २०७८, ७:४२ .शनिबार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

।। शैलेश रिजाल ।।

मेचीनगर, १८ मंसिर । झापाको लाल भागिरथा बानियाँ प्रतिष्ठानले यसवर्ष चिकित्सा, कृषि र गृहिणी क्षेत्रमा विशिष्ट योगदान पुर्याएवापत झापाका तीन जना प्रतिभालाई पुरस्कार दिने निर्णय गरेको छ ।

प्रतिष्ठानले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सहप्राध्यापक एवम् प्रसिद्ध न्यूरो सर्जन डा. गोपाल सेडाई, मेचीनगर–३ बाहुनडाँगीका व्यावसायिक कृषक प्रधान किसान र मेचीनगर–७ गोमनसरीकी गृहिणी ज्ञानु खड्कालाई पुरस्कृत गर्ने भएको हो ।

प्रतिष्ठानको आज बसेको प्रतिभा छनौट समितिको बैठकले उनीहरुलाई पुरस्कार दिने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष एवम् छनौट उपसमितिका संयोजक हरिचरण बानियाँले जानकारी दिए ।

दुई वर्ष अघि शिक्षासेवी हरिचरण बानियाँ र उनको दाजुभाईहरुको संयुक्त पहलमा स्वर्गवासी मातापिताको स्मृतिमा लाल भागिरथा बानियाँ प्रतिष्ठान स्थापना गरिएको थियो । संस्थाले समाजमा विशिष्ट योगदान पुर्याउनु भएका प्रतिभाहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले रु. १० लाखको सुरुवाती अक्षय कोष खडा गरेको छ ।

कोषको व्याज रकमबाट हरेक वर्ष तीन जना प्रतिभालाई जनही रु. ३१ हजार नगद पुरस्कार र सम्मानपत्रसहितको उत्कृष्ट पुरस्कार दिने गरिएको छ ।

उत्कृष्ट प्रतिभा पुरस्कार डा. सेडाईलाई

यसवर्षको उत्कृष्ट प्रतिभा पुरस्कार डा. गोपाल सेडाईलाई प्रदान गरिने भएको हो ।

डा. सेडाई झापाको मेचीनगर नगरपालिका वडा नं. ११ निवासी प्रसिद्ध न्यूरोसर्जन चिकित्सक हुन् । उनले हेमोफिलिया भएका बिरामीको मस्तिष्कघातको नेपालमै पहिलोपटक सफल शल्यक्रिया गरेका थिए । उनले भारतको नयाँ दिल्लीस्थित एम्सबाट एमएस एमसीएच डिग्री हासिल गरेका थिए ।

उनी हाल त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालमा सहप्राध्यापक छन् भने ग्रान्डी इन्टरनेसनल हस्पिटल लगायतका अस्पतालमा समेत उपचार सेवा प्रदान गरिरहेका छन् ।

आइएस्सी अध्ययनका क्रममा उनले सिद्धार्थ बनस्थलीबाट नेपाल प्रथम स्थान हासिल गरेका थिए । उनका ६० भन्दा बढी शोधहरु अमेरिका, चीन, कोरिया, जापान लगायतका मुलुकका जर्नलमा प्रकाशित भइसकेका छन् ।

उत्कृष्ट कृषि पुरस्कार प्रधान किसानलाई

यसवर्षको उत्कृष्ट कृषि पुरस्कार मेचीनगर–३ बाहुनडाँगीको दोकानडाँडा निवासी ५६ वर्षीय प्रधान किसानलाई प्रदान गरिने भएको छ ।

उनी नेपालकै लोपोन्मूख एवम् झापामा मात्र पाइने किसान समुदायका अगुवा हुन् । नेपालमा आदिबासी वर्गमा पर्ने किसान समुदायको जनसङ्ख्या पाँच सयको हाराहारीमा रहेको मानिएको छ । उनी किसान समुदायमा छोराछोरीलाई शिक्षादीक्षा दिनुपर्छ र परम्परागत निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाएर आर्थिक उन्नतिको खुड्किलो उक्लिनुपर्छ भन्ने मान्यता राख्छन् ।

उनकी जेठी छोरी रेणुका किसान आफ्नो समुदायमा एसएलसी उत्तीर्ण गर्ने प्रथम महिला हुन् । अधियाँ र ठेक्का जग्गा कमाउँदै व्यावसायिक एवम् अग्ग्र्यानिक तरकारी खेतीबाट आर्थिक समृद्धि हासिल गरेको उनको संघर्षशील एवम् उदाहरणीय कर्मलाई पुरस्कृत गरिएको हो ।

उत्कृष्ट गृहिणी पुरस्कार ज्ञानु खड्कालाई

मेचीनगर–७ मा ८६ वर्षीया सासु रत्नमाया र ९४ वर्षीय ससुरा मानबहादुर खड्काको स्याहार र पारिवारिक व्यवस्थापनमा असल बुहारीको रुपमा पुर्याएको योगदानको कदर गर्दै उनीहरुकी ३७ वर्षीया बुहारी ज्ञानु खड्कालाई यसवर्षको उत्कृष्ट गृहिणी पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।

बुहारी ज्ञानु खड्काले बुढ्यौली र अनेक रोगले थलिएकी सासु र प्रोस्टेटको शल्यक्रियापश्चात पिसाबको थैली शरीर बाहिर बोकेर हिँड्नु पर्ने अवस्थाका ससुराको नियमित स्वास्थ्य हेरचाह र पालनपोषणमा कुनै गुनासो आउन नदिई सेवा गरिरहेकी छन् ।

पछिल्लो समाचार

राप्रपा चुनाव : मतदान जारी, लिङ्देनले जिते राप्रपामा नयाँ युग सुरु हुने

अघिल्लो समाचार

कांग्रेसको मतपत्रमा उम्मेदवारकै नाम नभेटिएपछि सुरु भएन मतदान

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.