बुद्वशान्ति, १७ मंसिर । सामुदायिक मेलमिलाप सम्बन्धी आठ दिवसीय आधारभुत तालिम शुक्रबारदेखि बुद्वशान्ति गाउँपालिकामा सुरु भएको छ ।
बुद्धशान्ति गाउँपालिका न्यायीक समिति संयोजक मिरा भुर्तेलको सभापतित्वमा भएको तालिमको उद्घाटन प्रमुख अतिथि प्रदेसकी पूर्व राज्यमन्त्री जसमाया गजमेरले गरेकी थिइन् ।
समुदायमा उत्पन्न विवाद समुदाय स्तरबाटै समाधान गर्ने उद्देश्यले प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालको आयोजना, बुद्धशान्ति गाउँपालिकाको समन्वय तथा द एशिया फाउन्डेसनको सहयोगमा सञ्चालित तालिम उद्घाटन समारोहमा आयोजक संस्थाका राष्ट्रिय श्रोत व्याक्ति संगिता थापाले कार्यक्रमको औचित्य माथि प्रकाश पारेकी थिइन् ।
कार्यक्रममा नेकपा एमाले गाउँ कमिटि अध्यक्ष नेत्र रिजाल, नेपाली काग्रेस गाउँ समिति सचिव कृष्ण खतिवडा, संघिय लिम्बुवान राज्य परिषद् गाउँ समिति सचिव नन्दु राई, जसपा गाउँ समिति अध्यक्ष दुर्गा नेम्बाङ्ग, एसिया फाउन्डेसन प्रतिनिधि श्याम सापकोटा, बुद्धशान्ति गाउँपालिका वडा नं ३ र ६ का वडाध्यक्ष कमलप्रसाद उप्रेती र शम्भु पौडेलले शुभकामना मन्तव्य राखेका थिए ।
गाउँपालिका न्यायीक समिति सदस्य नेत्र गौतमले स्वागत र कार्यक्रमको सञ्चालन संयोजक चेतन विष्टले गरेका थिए । तालिममा गाउँपालिकाका १५ महिला र १५ पुरुष गरि कुल ३० जना प्रशिक्षार्थी रहेका छन् । तालिम मंसिर १७ गतेदेखि २४ सम्म सञ्चालन हुनेछ ।
तालिममा प्रशिक्षक भोलानाथ धिताल, संगिता थापा र झापा जिल्ला अदालत प्रमुख न्यायाधीश गिरिराज गौतमले सहजीकरण गर्नेछन् ।
Discussion about this post