१४ आश्विन २०८०, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

आठ बर्षमा हराएका आधा मान्छे मात्र भेटिए

मंसिर २३, २०७८, ७:३७ .बिहिबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा, २३ मंसिर । जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म झापाबाट दुई हजार ६८ जना हराए । हराएकामध्ये सबैभन्दा धेरै महिला छन् ।

हराउने महिलाको संख्या एक सय ४४ छ । यस्तै, पुरुष ६८, बालबालिका ४६ र जेष्ठ नागरिक १० जना छन् । जसमध्ये एक सय ३० जना फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अर्थात् हराएको कुल संख्याको ४८ प्रतिशत मानिस फेला परेका छन् ।

उमेर समूहलाई आधार मान्ने हो भाने झापामा चालू आर्थिक वर्षमा सबैभन्दा धेरै १८ देखि ३० वर्ष उमेर समूहका युवायुवती हराएका छन् । उनीहरूको संख्या एक सय ३४ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

आर्थिक वर्ष ०७८÷७९ को कात्तिक मसान्तसम्ममा हराएकामध्ये ४३ प्रतिशत पुरुष, ४४ प्रतिशत महिला, ७४ प्रतिशत बालबालिका तथा ३० प्रतिशत जेष्ठ नागरिक फेला परेको उनले बताए । हराएकामध्ये चालू आव ०७८÷७९ को कात्तिक मसान्तसम्म एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, गत आव ०७७÷७८ मा आठ सय आठ जना मानिस हराएका थिए । जसमा सबैभन्दा धेरै महिला हराएको प्रहरीले जनाएको छ । पुरुष एक सय ६६, महिला चार सय २४, बालबालिका एक सय ८८ र जेष्ठ नागरिक ३० जना हराएको प्रहरीले जनाएको छ ।

हराएकामध्ये ४२ प्रतिशत अर्थात् चार सय ४० जना अझै फेला नपरेको तथ्यांक प्रहरीसँग छ । हराएकामध्ये १८ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै तीन सय ४७ जना रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हराएकामध्ये ४९ प्रतिशत पुरुष, ५३ प्रतिशत महिला, ७६ प्रतिशत बालबालिका तथा ६७ प्रतिशत जेष्ठ नागरिक फेला परेका छन् । अघिल्लो आर्थिक वर्षमा हराएकामध्ये पाँच जना मृत अवस्थामा फेला परेको पाठकले जानकारी दिए ।

घरायसी समस्या, आर्थिक अभाव, माया प्रेम, मानसिक असन्तुलन, संगत, मादक पदार्थ र लागुऔषधका कारणले हराउने गरेको डिएसपी पाठकले जानकारी दिए । प्रहरीको तथ्यांक हेर्दा बर्सेनि हराएकामध्ये करिब आधा मात्र फेला परेको देखिन्छ । यद्यपि मानिस फेला परे पनि प्रहरीलाई जानकारी नगराउँदा नभेटिएकाको संख्या धेरै भएको पाठकले बताए ।

‘मानिस हराएपछि सबैले प्रहरीमा जानकारी गराउँछन् । तर, भेटिएपछि वास्ता गर्दैनन् । त्यो हुँदा नभेटिनेको संख्या धेरै देखिन्छ । तर, त्यो मान्छे भेटिएको हुन्छ,’ उनले भने, ‘भेटिएपछि खबर गर्ने चलन छैन । तर, प्रहरीकहाँ भएको तथ्यांकले चाहिँ नभेटिने धेरै देखिन्छ । तर, ती मान्छे भेटिएका पनि हुन्छन् ।’

पछिल्लो समाचार

महागुरु फाल्गुनन्द लिङ्दनको शालिक अनावरण आइतबार

अघिल्लो समाचार

राजेश हमालसहितका कलाकार भोलि काँकरभिट्टामा

Related Posts

पूर्वी नाकामा सम्भावना भन्दा चुनौती धेरै : एआईजी भण्डारी
banner -1

पूर्वी नाकामा सम्भावना भन्दा चुनौती धेरै : एआईजी भण्डारी

अशोज १४, २०८०, ६:५१ .आइतवार
फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य
banner -2

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

अशोज १४, २०८०, ५:३० .आइतवार
नेपालमा कम्युनिष्ट बाहेक कसैले देश हाक्न सक्दैन : नेपाल
banner

नेपालमा कम्युनिष्ट बाहेक कसैले देश हाक्न सक्दैन : नेपाल

अशोज १४, २०८०, ५:१२ .आइतवार
फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य
banner -1

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

अशोज १४, २०८०, ७:१३ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In