।। शैलेश रिजाल ।।
मेचीनगर, २३ मंसिर । काँकरभिट्टाबाट यही मंसिर २४ गते सप्तरंग–३ यात्रा सुरु हुने भएको छ ।
गृष्मा ब्रोर्डकास्टिङको आयोजनामा हुने ‘सप्तरंग–३’ ले सातै प्रदेशमा हजारौ दर्शक माझमा सचेतना फैलाउने भएको छ ।
पहिलो र दोस्रो संस्करण सम्पन्न भईसकेको कार्यक्रममा तेस्रो कार्यक्रम काँकरभिट्टामा हुन लागेको हो । कार्यक्रममा राष्ट्रियस्तरका कलाकार आउने भएका छन् ।
२४ मङ्सिरदेखि काँकडभिट्टाबाट सुरु हुने ‘सप्तरंग–३’ पुस ९ गते पोखरामा गएर अन्त्य हुनेछ । काँकडभिट्टा लगत्तै मङ्सिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगन्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरा पुगेर समापन हुनेछ ।
‘सप्तरंग–३’ मा अभिनेता राजेश हमाल, गायक बद्री पंगेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल, अनिल सिंह, हास्यकलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल, गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेतीजस्ता कलाकारहरु पूर्वी नेपालको काँकरभिट्टा आउँदै छन् । काँकरभिट्टामा हजारौ दर्शकहरुले सहभागिता जनाउने छन् ।
‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने भनाइलाई जनमानसमा कलामार्फत् प्रष्टाउनु नै ‘सप्तरंग’को मूल आशय स्वरुप आयोजना हुन लागेको आयोजक समिति प्रदेश नं. १ का कार्यक्रम संयोजक बिकास घिमिरेले जानकारी दिए ।
Discussion about this post