झापा, ३ पुस । धारिलो हतियार प्रयोग गरी कर्तव्य गरी ज्यान मार्ने एक जना ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दमक नगरपालिका–१ का २० बर्षिय अर्जुन लिम्बु रहेका छन ।
यहि मंसिर २९ गते दमक–६ स्थित रक्षा फेन्सी पसलमा सेल्समेनको काम गर्दै आएका दमक–२ का २५ बर्षिय तेज प्रकाश पराजुली धराबाट पानी लिई पसलतर्फ फर्कने क्रममा धारिलो हतियारले काटेको रक्ताम्मे अवस्थामा पसल धनी सन्तोष पौडेलले फेला पारी उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
दमक–१ का २० बर्षिय अर्जुन लिम्बुलाई पुस १ गते प्रहरीले नियन्त्रणमा लिई अनुसन्धानको क्रममा पुर्व रिसईविको कारण घट्ना घटाएको, घटनामा प्रयोग भएका दशीका सामानहरु निजले आफ्नो भनि साबिति बयान दिएको हो ।
प्रहरीले घटनामा प्रयोग भएको धारिलो हतियार दाउ १ थान, झोला, कालो रंगको जुत्ता र अन्य कपडाहरु बरामद गरेको छ ।
पक्राउ परेका लिम्वुलाई झापा जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post