भद्रपुर, ३ पुस । लेखनाथ पुस्तकालय चन्द्रगढीको ३६ औँ अधिवेशनसहितको बार्षिक साधाराण सभाले विरही अधिकारीको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
आज पुस्ताकालयको सभाहलमा सम्पन्न साधाराण सभाले आगामी २ वर्षे कार्यकालका लागि अधिकारीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा हरिप्रसाद न्यौपाने, सचिवमा हरिकिसोर आचार्य, सहसचिवमा गीता सुवेदी नेपाल, कोषाध्यक्षमा गोपाल आचार्य र सदस्यहरुमा गोविन्द कोइराला तथा आरती पोखरेलाई सर्व सम्मत चयन गरिएको निर्वाचन समिति संयोजक घनेन्द्र शर्माले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि लवकुमारी खनाल, समाजसेवी हिरा पोखरेल, चुडामणी रेग्मी, राजेन्द्र चापागाई लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा संस्थाको बािर्षक प्रतिवेदन अध्यक्ष घिमिरेले प्रस्तुत गरेका थिए ।
पुस्तकालयका अध्यक्ष नवराज घिमिरकोे सभापतित्व सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष आरती पोखरेल र सञ्चालन सहसचिव हरि न्यौपानेले गरेका थिए ।
Discussion about this post