७ माघ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बंगुर पालक किसानको खोरमै पुगे मेयर–उपमेयर

पुस १५, २०७८, २:१० .बिहिबार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

झापा, १५ पुस । बिर्तामोड नगरपालिकाले बंगुर पालन गर्दै आएका वडा नम्बर १० गौरव टोलका कृषकहरुकामा पुगेर अनुगमन गरेको छ ।

नगरपालिकाले किसानको घरमै पुगेर प्रोत्साहन समेत गर्दै आएको छ ।

नगरप्रमुख ध्रुबकुमार शिवाकोटी,उपप्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल, पशुपंछी तथा मत्स्य विकास शाखाकी प्रमुख सावित्रा दाहाल लगायतको टोलीले अनुगमन गरेको हो ।

आर्थिक वर्ष २०७७–७८ को सशर्तअनुदान अन्तर्गत केन्द्रबाट आएको १० लाख र कृषक समुहको १० लाख रुपैयाँ गरी लागत साझेदारी कार्यक्रमका रुपमा सञ्चालन हुँदै आएको बंगुर प्रवद्र्धन कार्यक्रममा १५ जना कृषक सहभागी भएका छन् । ६५ हजार रुपैयाँ प्रति गोटका दरले खोर निर्माण गरेर कृषकहरुले उन्नत जातका बंगुरहरु पाल्दै आएका छन् ।

नगर उपप्रमुख पवित्रा महतारा प्रसाईले अनगुमनका क्रममा कृषकहरुले सफा र व्यवस्थित ढंगले बंगुरपालन गरेको देख्दा खुशी लागेको बताइन् । उनले बंगुरको उत्पादन बढाउनका लागि कृषि क्षेत्रमा अझै योजना बनाउनु पर्ने आवश्कयता रहेको र यसलाई अघि बढाइने जानकारी दिइन् ।

कृषकहरुले उन्नत जातका ल्यान्डेर्स,ड्युरोक,चाइनिज गोल्डेन र पाख्रीबास कालो जातको बंगुर पालन गर्दै आएका छन् । चाँडै फस्टाउने,धेरै बच्चा उत्पादन गर्ने र तौल पनि बढी हुने भएका कारण यी बंगुरहरु छनोटमा परेको पशुपंछी तथा मत्स्य विकाश शाखाकी प्रमुख सावित्रा दाहालले बताइन् ।

यस अघि परम्परागत तवरले बंगुरलाई डोरीले रुखको फेदमा बाँधेर पाल्ने गरेको भए पनि बंगुर प्रवद्र्धन कार्यक्रम आएपछि व्यवस्थित ढंगले आधुनिक खोरमा पालन गर्दै आएको आधुनिक कृषि तथा पशुपालन समुहका अध्यक्ष अर्जुनकुमार राईको भनाइ छ ।

यो कार्यक्रमबाट बंगुरपालक कृषकलाई धेरै फाइदा पुगेको भन्दै उनले अझै यस्ता कार्यक्रमहरु ल्याउनु पर्नेमा जोड दिए ।

बंगुरको मासुमा बिर्तामोड नगरपालिका आत्मनिर्भर रहेको भन्दै कृषकहरुले यसको बजार खोज्नु पर्ने बताउदै आएका छन् । भारत, भुटान लगायतका देशमा बंगुर बजारीकरण गर्नुपर्नेमा उनीहरुको माग छ । बिर्तामोड नगरपालिकाले मेयर पकेट कार्यक्रम अन्तर्गत पनि बंगुर पालन कार्यक्रमलाई अघि बढाउँदै आएको छ ।

पछिल्लो समाचार

तमु ल्होसार महिला गोल्डकपको उपाधि धरानलाई

अघिल्लो समाचार

मेचीनगर क्षेत्रकै पुरानो तृष्णा सिनेमा हल बन्द

Related Posts

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी दर्ता
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार
ओली उम्मेदवारी दिन आफ्नो निर्वाचन क्षेत्रमा
banner

ओली उम्मेदवारी दिन आफ्नो निर्वाचन क्षेत्रमा

माघ ५, २०८२, ११:४९ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.