७ माघ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

राष्ट्रिय मेलमिलाप दिवस झापामा मनाईयो

पुस १७, २०७८, ४:३३ .शनिबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा, १७ पुस । ४६ औँ राष्ट्रिय मेलमिलाप दिवस शुक्रबार झापामा विविध कार्यक्रमका साथ मनाइएको छ ।

नेपाली कांग्रेसले थालेको प्रजातान्त्रिक आन्दोलनका क्रममा २००७ सालमा राणा शासनको अन्त्यसँगै देशमा प्रजातान्त्रिक शासन ब्यवस्था कायम भएको थियो ।

२०१५ सालमा सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा दुईतिहाई बहुमत आएर गठन भएको सरकारलाई २०१७ सालमा तत्कालीन राजा महेन्द्रले अपदस्त गरी निर्दलीय शासन ब्यवस्था लागु गरेका थिए ।

त्यसवेला तत्कालीन प्रधानमन्त्री महामानव वीपी कोइरालासहित नेपाली कांग्रेसमा आबद्ध एवं प्रजातान्त्रिक आन्दोलनमा सक्रिय शीर्ष नेताहरुलाई अपदस्त गरी जेलचलान गरिएको थियो ।

लगभग ८ बर्षसम्मको कठोर जेल जीवनपछि निर्वासनको सजाय भोगिरहेका वीपी कोइराला, गणेशमान सिंहसहितका शीर्ष नेताहरु आफूहरुमाथी फाँसीको सजायसमेत हुनसक्ने जोखिमपूर्ण अवस्थामा २०३३ साल पुस १६ गते मेलमिलापको नीति लिएर नेपाल फर्किएका थिए । नेपाली कांग्रेसले सोही सम्झनामा प्रत्येक बर्ष पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै आएको छ ।

यही सन्दर्भ पारेर नेपाली कांग्रेस झापा अन्तरगत सबै क्षेत्रमा मेलमिलाप दिवस सम्पन्न भएको छ । झापा क्षेत्र नं–२, ४ र ५ ले क्षेत्रीयस्तरमा कार्यक्रम सम्पन्न गरेका छन् भने क्षेत्र नं–१ र ३ ले वडास्तरमा कार्यक्रम सम्पन्न गरेका छन् ।

नेपाली कांग्रेस झापा क्षेत्र नं–२ को आयोजनामा जिल्ला पार्टी कार्यालयमा आयोजित मेलमिलाप दिवस एवं प्रमाणपत्र वितरण कार्यक्रममा क्षेत्रीय अधिवेशनबाट निर्वाचित पदाधिकारी÷सदस्यलाई प्रमाणपत्र वितरण गरिएको छ ।

प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा पूर्व सांसद डिल्लीप्रसाद सिटौलाले प्रमुख अतिथिको रुपमा बोल्दै वी.पी.ले समाजवादको नीति अन्तरगत निमुखालाई न्याय र विपन्नलाई आयको नीति लिएको उल्लेख गर्दै निम्न र मध्यम वर्गलाई प्राथमिकतामा राखेर पार्टीको नीति बनाएको बताए ।

सिक्किम भारतमा विलय भएको र अन्तर्राष्ट्रिय राजनीतिक अवस्था समेत गम्भिर भएका बेला आफ्नो ज्यान जोखिममा राखेर वीपी गणेशमान लगायतका नेताहरु मेलमिलापको नीति लिएर स्वदेश फर्किएको उल्लेख गर्दै नेता सिटौलाले अन्तर्राष्ट्रिय सम्बन्ध एवम् समाजवादी दर्शनकै कारण तत्कालीन राजाले कांग्रेस नेताहरुलाई कारबाही गर्न नसकेको धारणा राखे ।

कार्यक्रमका विशेष अतिथि एवं संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले पार्टीमा निम्न मध्यमबर्गीय वर्गको बलियो उपस्थिति आजको आवश्यकता भएको बताउँदै समाजवादको नीतिलाई कांग्रेसले पूर्णतया पालना र कार्यान्वयन गर्न नसकेको धारणा राखे ।
क्षेत्रीय सभापति खगेन्द्र मैनालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मोहन सुब्बा, गोपीचन्द्र गौतमले मन्तब्य राख्नुभएको थियो ।

कांग्रेस झापा सचिव कृष्ण हुमागाई, प्रदेश सदस्य मिरा खड्का, राजकुमार बराइली, जिल्ला सदस्यहरु एल.वी. गिरी, झुमा आचार्य बेडारी, सरस्वती सिटौला, लिला ढकाल, पार्वता गिरी, नेपाल दलित संघ केन्द्रीय सदस्य हस्तबहादुर परियार, नेपाल चिया बगान श्रमीक संघका अध्यक्ष दीपक तामाङ, नेपाल ट्रेड युनियन कांग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारी, नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, महाधिवेशन प्रतिनिधिहरु भुमा घिमिरे, दिपेन्द्र ढकाल, लीलादेवी कटुवाल लगायतको उपस्थिति रहेको थियो । लक्ष्मी आचार्यले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन चन्द्रप्रसाद चुडालले गरेका थिए ।

यसैबीच नेपाली कांग्रेस झापा क्षेत्र नं–५ ले दमकमा मेलमिलाप दिवस सम्पन्न गरेको छ । कांग्रेस केन्द्रीय सदस्य महेन्द्राकुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पूर्णानन्द शर्मा, शेरबहादुर भट्टराई, हुकुमसिंह राई, सुरेश सुब्बा, चन्द्रा खड्का, खगेन्द्र अधिकारी, बिरबहादुर प्रसाई, मेदनी सिटौला, राजनबहादुर ढुंगाना, कमल गाउँपालिका सभापति बुद्धिप्रसाद न्यौपाने, गौरीगञ्ज सभापति अग्नुप्रसाद राजवंशी, गौरादह नगरपालिकाका सभापति यादवराज सेढाई, दमक नगर सभापति प्रकाश प्रसाई लगायतले मन्तब्य राख्नुभएको थियो ।

झापा क्षेत्र नं–५ का सभापति ढुण्डिराज भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत जीवन राईले गर्नुभएको थियो । यसैबीच झापा ४ नम्बर क्षेत्रीय समितिको आयोजनामा झापाको सुरुङ्गामा ४६ औं मेलमिलाप दिवस सम्पन्न भएको छ ।

१ नं प्रदेश समितिका सदस्य किरण भट्टराइको प्रमुख आतिथ्य र ४ नं क्षेत्रीय सभापति जयनारायण शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष अतिथि एवम् कांग्रेस झापाका उपसभापति केशवराज पाण्डे, सहसचिव कमल भण्डारी, जिल्ला सदस्य लीला चिमरिया, महाधिवेशन प्रतिनिधि कविता बस्नेत, पर्शुराम ढुङ्गाना, सखिचन्द्र ठाकुर, मनोज पोखरेल लगायतले शुभकामना मन्तब्य राखेका थिए । ख्यामराज सिटौलाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन रमेश खतिवडाले गरेका थिए ।

यसैबीच झापा क्षेत्र नं–३ अन्तरगत कचनकबलका सातवटै वडामा मेलमिलाप दिवस सम्पन्न भएको छ । कचनकबल–१ मा आयोजित कार्यक्रम जिल्ला सहसचिव कालेन्द्रप्रसाद सिंह राजवंशीको प्रमुख आतिथ्य र वडा सभापति छविलाल अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।

यसैगरी कचनकबल–२ मा क्षेत्रीय सचिव गीताप्रसाद भट्टराइको प्रमुख आतिथ्य र गंगाप्रसाद खतिवडाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको छ भने वडा नं–३ मा भुमीप्रसाद राजवंशीको प्रमुख आतिथ्य र तारानिधि प्याकुरेलको सभापतित्वमा सम्पन्न कार्यक्रमका बीच मेलमिलाप दिवस सम्पन्न भएको छ ।

कचनकबल–४ मा हारुल रसिद मियाको सभापतित्व र सिताराम खड्काको प्रमुख आतिथ्यमा मेलमिलाप दिवस कार्यक्रम सम्पन्न भएको छ भने ५ मा कृष्णप्रसाद गणेशको सभापतित्व र चिन्तामणि खरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ ।

कचनकबल–६ मा केशव लामिछानेको सभापतित्व र तुलाराम अधिकारीको प्रमुख आतिथ्य एवम् वडा नं–७ मधुसुदन पौडेलको सभापतित्व र पुर्णविक्रम भट्टराईको प्रमुख आतिथ्यमा मेलमिलाप दिवस सम्पन्न भएको जनाइएको छ ।

यसैगरी झापा क्षेत्र नं–१ का २१ वटै वडामा वार्डस्तरीय कार्यक्रम सम्पन्न भएको १ नं क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले जानकारी दिए ।

पछिल्लो समाचार

स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन

अघिल्लो समाचार

राप्रपाले माग्यो पृथ्वी जयन्तीमा सार्वजनिक बिदा

Related Posts

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी दर्ता
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार
ओली उम्मेदवारी दिन आफ्नो निर्वाचन क्षेत्रमा
banner

ओली उम्मेदवारी दिन आफ्नो निर्वाचन क्षेत्रमा

माघ ५, २०८२, ११:४९ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.