२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन

पुस १७, २०७८, ४:२० .शनिबार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १७ पुस । मेचीनगर–८ स्थित सालघारीमा शुक्रबार एक समारोहका बीच मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख आचार्यले स्वास्थ्य मानिसको सबैभन्दा जटिल र महत्वपूर्ण बिषय भएको बताए । साथै उनले स्वास्थ्य चौकीलाई आधुनिक स्वास्थ्य सेवासहितको पूर्वाधार थप्दै आगामी दिनमा सो क्षेत्रका नागरिकलाई अझ दक्ष जनशक्तीका साथ स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण बनाउन आफु लागि पर्ने बताए ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले नगरका सबै नागरिक स्वास्थ्यको पहुँचमा अझै पुग्न नसकीरहेको अवस्थामा यी र यस्ता आधारभूत स्वास्थ्य सेवा केन्द्र मार्फत पनि धेरैले सेवा लिन पाउने बताइन् ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज ओझा, एमाले जिल्ला कमिटी सदस्य लालबहादुर थामी, एमाले मेचीनगर–८ का वडा अध्यक्ष बिष्णु भट्टराई, नेपाली काँग्रेस मेचीनगर ८ का वडा सभापती गिरीराज धमला, माओवादी केन्द्रका राजु दाहाल, जनता समाजवादी पार्टीका पवन मेचे लगायतले यस क्षेत्रमा आधारभूत स्वास्थ्य सेवामार्फत चिया मजदुर, विपन्न तथा पिछडीएका वर्गसहित सबै समुदायका मानिसले आफ्नै ठाँउमा स्वास्थ्य सेवा लिन पाउने बताए ।

तत्कालिन प्रधानमनत्री केपी शर्मा ओली सरकारबाट स्वास्थ्य मन्त्रालय मार्फत विनियोजित २८ लाख रकमबाट निर्माण सम्पन्न गरेको उक्त आधारभूत स्वास्थ्य सेवा केन्द्रले वडा नम्बर ८ सहित अन्य छिमेकी वडाका नागरिकहरुलाई पनि स्वास्थ्य सेवा लिन सहज भएको वडा नम्बर ८ का वडाध्यक्ष विकेन्द्र धिमालले बताए ।

कार्यक्रममा आयोजक मेचीनगर–८ वडा कार्यालयले स्थानिय जग्गा दाता तिम्सिना परिवारलाई सम्मान समेत गरेको छ । साथै सोहि अवसरमा वडा कार्यालयले मेची नेत्रालय काँकरभिट्टाको प्राविधिक सहयोगमा निःशुल्क आँखा स्वास्थ्य शिविर समेत सञ्चालन गरेको थियो । जसमा १५० भन्दा बढी स्थानीयले स्वास्थ्य जाँच गरेको वडा कार्यालय सचिव त्रिलोचन पौडेलले जानकारी दिए ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका बरिष्ठ प्रशासकिय अधिकृत अनन्तप्रकाश वस्ती, मेचीनगर स्वास्थ्य शाखा प्रमुख सरिता सापकोटा, मेचीनगर–८ का वडा सदस्यहरु सन्तोष मेचे, गंगा पाठक, खिला मेचे, बिष्णु बराईली लगायतको आतिथ्यता रहेको थियो ।

वडाध्यक्ष विकेन्द्र धिमालको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत आधारभूत स्वास्थ्य सेवा केन्द्रका उपाध्यक्ष कुन्दन निरौला र सञ्चालन स्वास्थ्य प्रमुख दिवाकर पौडेलले गरेका गरेका थिए ।

पछिल्लो समाचार

इतिहासमा सिनेमा हल : गाउँका मान्छे पुल्ठो बालेर हल धाउँथे

अघिल्लो समाचार

राष्ट्रिय मेलमिलाप दिवस झापामा मनाईयो

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.