मेचीनगर, १७ पुस । मेचीनगर–८ स्थित सालघारीमा शुक्रबार एक समारोहका बीच मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख आचार्यले स्वास्थ्य मानिसको सबैभन्दा जटिल र महत्वपूर्ण बिषय भएको बताए । साथै उनले स्वास्थ्य चौकीलाई आधुनिक स्वास्थ्य सेवासहितको पूर्वाधार थप्दै आगामी दिनमा सो क्षेत्रका नागरिकलाई अझ दक्ष जनशक्तीका साथ स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण बनाउन आफु लागि पर्ने बताए ।
उपप्रमुख मीना पोखरेल उप्रेतीले नगरका सबै नागरिक स्वास्थ्यको पहुँचमा अझै पुग्न नसकीरहेको अवस्थामा यी र यस्ता आधारभूत स्वास्थ्य सेवा केन्द्र मार्फत पनि धेरैले सेवा लिन पाउने बताइन् ।
कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज ओझा, एमाले जिल्ला कमिटी सदस्य लालबहादुर थामी, एमाले मेचीनगर–८ का वडा अध्यक्ष बिष्णु भट्टराई, नेपाली काँग्रेस मेचीनगर ८ का वडा सभापती गिरीराज धमला, माओवादी केन्द्रका राजु दाहाल, जनता समाजवादी पार्टीका पवन मेचे लगायतले यस क्षेत्रमा आधारभूत स्वास्थ्य सेवामार्फत चिया मजदुर, विपन्न तथा पिछडीएका वर्गसहित सबै समुदायका मानिसले आफ्नै ठाँउमा स्वास्थ्य सेवा लिन पाउने बताए ।
तत्कालिन प्रधानमनत्री केपी शर्मा ओली सरकारबाट स्वास्थ्य मन्त्रालय मार्फत विनियोजित २८ लाख रकमबाट निर्माण सम्पन्न गरेको उक्त आधारभूत स्वास्थ्य सेवा केन्द्रले वडा नम्बर ८ सहित अन्य छिमेकी वडाका नागरिकहरुलाई पनि स्वास्थ्य सेवा लिन सहज भएको वडा नम्बर ८ का वडाध्यक्ष विकेन्द्र धिमालले बताए ।
कार्यक्रममा आयोजक मेचीनगर–८ वडा कार्यालयले स्थानिय जग्गा दाता तिम्सिना परिवारलाई सम्मान समेत गरेको छ । साथै सोहि अवसरमा वडा कार्यालयले मेची नेत्रालय काँकरभिट्टाको प्राविधिक सहयोगमा निःशुल्क आँखा स्वास्थ्य शिविर समेत सञ्चालन गरेको थियो । जसमा १५० भन्दा बढी स्थानीयले स्वास्थ्य जाँच गरेको वडा कार्यालय सचिव त्रिलोचन पौडेलले जानकारी दिए ।
कार्यक्रममा मेचीनगर नगरपालिकाका बरिष्ठ प्रशासकिय अधिकृत अनन्तप्रकाश वस्ती, मेचीनगर स्वास्थ्य शाखा प्रमुख सरिता सापकोटा, मेचीनगर–८ का वडा सदस्यहरु सन्तोष मेचे, गंगा पाठक, खिला मेचे, बिष्णु बराईली लगायतको आतिथ्यता रहेको थियो ।
वडाध्यक्ष विकेन्द्र धिमालको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत आधारभूत स्वास्थ्य सेवा केन्द्रका उपाध्यक्ष कुन्दन निरौला र सञ्चालन स्वास्थ्य प्रमुख दिवाकर पौडेलले गरेका गरेका थिए ।
Discussion about this post