झापा, २३ पुस । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) को जिल्ला अधिवेशन सुरु भएको छ ।
अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट एकैपटक देशभर गरेका छन् ।
विर्तामोडस्थित हिमाल सागर रिर्सोटमा भइरहेको अधिवेशन उद्घाटनको अध्यक्षता पार्टीका जिल्ला अध्यक्ष चिन्तन पाठकले गरेका छन् ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा १ नम्बर प्रदेश इन्चार्ज देवराज घिमिरे रहेका छन् । अधिवेशनमा जिल्लाभरबाट करिब एक हजार प्रतिनिधिको उपस्थिति रहेको छ ।
कार्यक्रममा स्थायी कमिटी सदस्य तथा जिल्ला इन्चार्ज अग्नी खरेल, सह इन्चार्जहरु रविन कोइराला, मिना पोखरेल उप्रेती र हिक्मत कार्कीको समेत उपस्थिति रहेको छ ।
पार्टीकी उपसचिव चन्द्रा श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव मदन अधिकारीले गरेका छन् । कार्यक्रम हलभित्र र बाहिर पार्टीको झण्डा र राष्ट्रिय झण्डाले सजाइएको छ ।
कार्यक्रम स्थलमा सुखानीका पाँच सहिद, जननेता मदन भण्डारी, प्रथम कम्यूनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी, नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, माओत्सेतुङ, माक्र्स, लेलिन र स्टालिनको तस्वीर राखिएको छ ।
Discussion about this post