७ जेष्ठ २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

दमकलको अलमलले, निशानामा मेयर–उपमेयर

फाल्गुन २, २०७८, ८:५७ .सोमवार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।।

मेचीनगर, २ फागुन । माघ २० गते दिउँसो काँकरभिट्टाको एसएस फुटवेयरमा भीषण आगलागी भयो । मेचीनगरको दमकल आगो निभाउन आएन ।

दश दिनपछि फागुन १ गते काँकरभिट्टाकै भानुटोलका दुई घरमा आगलागी भयो । आगो निभाउन विर्तामोडको दमकल पहिले आयो । ढिलोगरी घटनास्थल जाँदै गरेको मेचीनगरको दमकल स्थानीयबासीको आक्रोशबाट तर्सिएर बाटैबाट फर्कियो ।

लगालग भएका आगलागीका घटनामा मानवीय र भौतिक क्षति हुन थालेको छ । तर, दुर्भाग्यवश आगलागी नियन्त्रणका प्रयास प्रभावकारी हुन सकेका छैनन् ।

यसमा मुख्य दोष मेचीनगरको ‘दमकलको अलमल’लाई ठानिएको छ । दमकललाई बेलैमा मर्मत सम्भार नगरेको र दमकल व्यवस्थापन लापरवाहीपूर्ण भएको भन्दै सर्वसाधारण नगरका प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीमाथि खनिएका छन् ।

जुत्ताचप्पल कारखानामा आगलागी भएका बेला मेचीनगरको दमकल बिग्रिएर थन्किएको थियो भने भानुटोलमा आइतवार आगलागी हुँदा मेचीनगरको दमकलभन्दा विर्तामोडको दमकल पहिला पुगेको थियो ।

आगलागीका बेला दमकल कहिले बिग्रिएको हुने र कहिले ढिलो आउने कारणले स्थानीयबासी आक्रोशित भएका हुन् । आइतवार भानुटोलका बासिन्दाले दमकलको लापरवाहीविरुद्ध मेचीनगरका नगर प्रमुख र उपप्रमुखविरुद्ध सडकमै आक्रोश पोखेका छन् ।

स्थानीयबासीले टायर बालेर सडक अवरोध गरेका छन् भने नगरपालिकाको मूल गेटमा पाँच घण्टा तालाबन्दी गरे ।
सोमवार नगरप्रमुख र उपप्रमुखलाई भानुटोलमा उपस्थित गराएर छलफल गराउने शर्तमा आन्दोलनकारी मत्थर भएका छन् । उनीहरुलाई मेचीनगर वडा नं. ६ का वडाध्यक्ष ललित तामाङले मत्थर बनाएका हुन् ।

आधा महिनामा भयानक चार घटना

मेचीनगरमा बितेको आधा महिनामा आगलागीका भयानक चार घटना भए । जसमा एउटा जुत्ताचप्पल उद्योग, एउटा चाउचाउ उद्योग र सर्वसाधारणका तीन घर जलेर खरानी भए ।
ती घटनामध्ये मेचीनगर–७ मा भएको आगलागी निभाउन खटिएका १३ जना स्थानीयबासी घाइते भएकोमा एक जनाको दुःखद् मृत्यु भएको थियो ।

काँकरभिट्टाको एसएस फुटवेयरमा साढे ८ करोड र मनषा थाइफुड्स (चाउचाउ उद्योग)मा एकसय करोड बराबरको धनमाल क्षति भएको उद्योगी पक्षको दावी छ ।

भानुटोल आन्दोलित

आइतबार भानुटोलका पासाङ तामाङ र दिलबहादुर गुरुङको घरमा आगलागी हुँदा पुरै घर जलेर नष्ट भएको थियो ।
विहान करीव ९ः३० वजे बिद्युत सर्ट भई आगलागी भएको थियो । आगो लाग्दा दुईवटै घरमा कोही थिएनन् । तामाङको घरमा भएको कुनै पनि सामान बाहिर निकाल्न नपाएको स्थानीयको भनाइ छ । तामाङको टिनको छानो र चित्राको बेरा लगाएको घर, लत्ताकपडा लगायत सबै सामान जलेर खरानी भएको छ ।

गुरुङको घरमा एक महिनादेखि कोही थिएनन् । गुरुङको घरको केही सामान निकाल्न पाए तापनि धेरै सामान निकाल्न नपाएको स्थानीयको भनाई छ ।

आगलागी हुँदा ढिलो गरेर बिर्तामोडको दमकल आइपुगेको थियो । स्थानीयबासी मेचीनगरको दमकल नआएकोमा आक्रोशित भए ।

क्रुद्ध स्थानीयबासीले नगरपालिका कार्यालयमा ताला लगाए । सडकमा टायर बाले । नगरका प्रमुख विमल आचार्य र उपप्रमुख मीना उप्रेतीविरुद्ध नाराबाजी गर्दै राजीनामा समेत मागे ।

वडाध्यक्ष ललित तामाङको पहलमा सोमवार प्रमुख र उपप्रमुखसँग भानुटोलमा छलफल गराउने सहमतिपछि भानुटोलको आन्दोलन स्थगित भएको छ ।

स्थानीयबासीले नगरपालिकाको दुईवटै दमकल अपडेट राखिनु पर्ने जोडदार माग गरेका छन् । यदि दमकल अपडेट राख्न नसके प्रमुख र उपप्रमुखले पदबाट राजीनामा दिनु पर्ने स्थानीयको माग रहेको भानुटोलबासी युवा फडिन्द्र घिमिरेले बताए ।

आइतवार दमकल कहाँ थियो ?

शनिबार मगमग चाउचाउ उद्योगमा आगलागी ननिभ्दासम्म मेचीनगरको दमकल अहोरात्र खटिएको थियो । दश दिन अघि एसएस फुटवेयरमा दमकल नआएको घटनाले झस्किएका स्थानीयबासी भानुटोलमा आगो निभाउन विर्तामोडको दमकल आएपछि फेरि रिसाए ।

वडाध्यक्ष ललित तामाङका अनुसार भानुटोलमा आगलागी भएका बेला मेचीनगरको दमकल चाउचाउ उद्योगमा बौरिएको आगोको भुङ्ग्रो निभाउन खटिएको थियो ।

तत्काल विर्तामोडको दमकलमा पानी भरिएको अवस्था रहेको र मेचीनगरको दमकलमा पानी रित्तिएको अवस्था भएको कारण विर्तामोडको दमकललाई भानुटोलमा छिटो पठाइएको वडाध्यक्ष तामाङको भनाई छ ।

पानी भरेर भानुटोल जाने प्रयासमा रहेको मेचीनगरको दमकल स्थानीयबासीको आक्रोशको डरले फर्किएको थियो । आगो निभे पनि दमकलसँग स्थानीयबासीको आक्रोशको भुङ्ग्रो भने झन् फैलियो । जसले नगरप्रमुख र उपप्रमुखलाई निशाना बनाएर आन्दोलनको रुप नै लियो ।

सोमवार सर्वदलीय बैठक

मेचीनगर नगरपालिकाले सोमवार दमकल र आगलागीका घटनालाई मुख्य एजेन्डा बनाएर सर्वदलीय बैठकको आयोजना गरेको छ ।

पछिल्लो समाचार

आगो निभाउन खटियो मेचीनगरको दमकल

अघिल्लो समाचार

तीन ठूला उद्योग खरानी, कहाँ छन् कमजोरी ?

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.