मेचीनगर, ४ फागुन । माइती नेपाल काँकरभिट्टाका प्रमुख एवम् पूर्वाञ्चल संयोजक गोवन्द घिमिरेलाई मातृशोक परेको छ ।
उनकी १०० वर्षीया आमा टिकाकुमारी घिमिरेको आज विहान ४ः३० वजे मेचीनगर–६, काँकरभिट्टा स्थित निजी निवासमा निधन भएको हो ।
बुढौलि अवस्थाका कारण निधन भएको परिवारले जनाएको छ । उनका ५ जना छोरा वुहारीहरु चन्द्रराज– यसोदा, गोविन्द–रचना, मदन–देवकला, उपेन्द्र–दुर्गादेवी र तिर्थ–मिना घिमिरे तथा २ जना छोरी–ज्वाईहरुमा दुर्गादेवी घिमिरे र गीता–विजय खरेल छन् । छोरी दुर्गादेवीका श्रीमानको यसअघि निधन भईसकेको छ ।
गोविन्द घिमिरे माइती नेपाल काँकरभिट्टाका प्रमुख र उनकी श्रीमती रचना नेपाल महिला संघ क्षेत्र नम्बर १ की सभापति हुन । गोविन्दका बुबाको यसअघिनै निधन भईसकेको छ ।
स्वर्गीय टिकाकुमारीको आज १२ वजे स्थानीय मेची नदीमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।
Discussion about this post