झापा, ४ फागुन । प्रतिनिधिसभाको बुधबारको बैठक थारु आयोगको वार्षिक प्रतिवेदन र शोक प्रस्ताव गर्दैै फागुन ६ गतेसम्मलाई स्थगित भएको छ ।
अमेरिकी सहायता परियोजना एमसीसी बुधबार पेस हुने भनिएको भएता पनि सत्तारुढ माओवादी केन्द्रको विरोधका कारण कार्यसूचीमै परेन ।
एमसीसीबारे छलफल गर्न बोलाइएको कार्यव्यवस्था परामर्श समितिमा एमसीसी अगाडि बढाउने बारे सहमति जुटन् सकेन ।
त्यस्तै प्रमुख प्रतिपक्ष नेकपा (एमाले) अनुपस्थित रह्यो । एमालेले यसअघि झैं बुधबार पनि संसद बैठकको अवरोधलाई निरन्तरता दिएको छ ।
Discussion about this post