झापा, ४ फागुन । प्रतिनिधिसभा बैठक सुरू भएलगत्तैै एमाले सांसदहरूले नाराबाजी गरेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले ‘बुधबारको बैठक प्रारम्भ हुन्छ’ भनेलगत्तै एमाले सांसदरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरेका हुन् ।
एमाले विभाजन गराउन सभामुख सापकोटाको भूमिका रहेको र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त नगरेसम्म संसद बैठक चल्न नदिने अडानका साथ एमाले सांसदरूले नाराबाजी गर्दै बैठकमा अवरोध गर्दै आएका छन् ।
ब्ुधबारको बैठकमा एमसीसी टेबल गर्ने भनिए पनि सत्ता गठबन्धनबीच मतएैक्यता नहुँदा गठबन्धनबीच आज पेस नगर्ने सहमति भएको छ ।
Discussion about this post