७ जेष्ठ २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सात महिनामा व्यापारघाटा ३८ प्रतिशत

फाल्गुन १३, २०७८, १०:४० .शुक्रबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा, १३ फागुन । चालु आर्थिक वर्षको पहिलो सात महिनामा मुलुकको वैदेशिक व्यापार ४६ दशमलव ४३ प्रतिशतले वृद्धि भएको छ ।

गत आर्थिक वर्षको पहिलो ७ महिनामा ८ खर्ब ७३ अर्ब ५६ करोड रहेको मुलुकको वैदेशिक व्यापार चालु आर्थिक वर्षको सोही अवधिमा १२ खर्ब ७९ अर्ब १२ करोड पुगेको छ । वैदेशिक व्यापारमा वृद्धि भए पनि मुलुकको आयातमुखी वैदेशिक व्यापारका कारण व्यापारघाटा चुलिँदो छ ।

भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो सात महिनामा मुलुकको व्यापारघाटा ३८ दशमलव ४५ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षको पहिलो सात महिनामा ७ खर्ब ३३ अर्ब रहेको व्यापारघाटा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर १० खर्ब १५ अर्ब पुगेको छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षको पहिलो ७ महिनाको तुलनामा आयात ४२ दशमलव ७८ प्रतिशतले बढेको छ । गत आवको पहिलो सात महिनामा ८ खर्ब ३ अर्ब मूल्यबराबरको आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ११ खर्ब ४७ अर्ब पुगेको छ । त्यस्तै, आर्थिक वर्ष २०७७–७८ को पहिलो सात महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा निर्यात ८८ दशमलव ३० प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको माघ मसान्तसम्म ६९ अर्ब ९१ करोड बराबरको निर्यात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ३१ अर्बबराबरकोे निर्यात भएको छ ।

गत आर्थिक वर्षको पहिलो सात महिनासम्म कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा सोही अवधिमा २ दशमलव ४९ प्रतिशतले घटेर ८९ दशमलव ७१ प्रतिशतमा आएको छ । त्यस्तै, वैदेशिक व्यापारमा निर्यातको हिस्सा २८ दशमलव ६० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको माघ मसान्तसम्म वैदेशिक व्यापारमा निर्यातको हिस्सा ८ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १० दशमलव २९ प्रतिशत पुगेको छ ।

चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालको वैदेशिक व्यापारमा प्रमुख हिस्सा ओगट्ने पेट्रोलियम पदार्थमध्ये डिजेलको आयात अत्यधिक छ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा ७२ अर्ब ९६ करोडबराबरको डिजेल भित्रिएको छ । त्यस्तै, आयातमा भटमासको कच्चा तेल दोस्रोमा छ ।

चालु आर्थिक वर्षको पहिलो सात महिनामा ३९ अर्ब ६६ करोड मूल्यबराबरको करिब १ अर्ब २ करोड लिटरभन्दा बढी भटमासको तेल आयात भएकोे देखिन्छ । त्यस्तै, एलपी ग्यास ३४ अर्ब ६९ करोड तथा पेट्रोल ३३ अर्ब ५६ करोडको आयात भएको विभागले जनाएको छ ।

त्यस्तै, नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा धेरै देखिएको छ । विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार ३६ अर्ब ६८ करोड मूल्यबराबरको भटमासको तेल निर्यात भएको छ । व्यवसायीले भटमासको कच्चा पदार्थलाई विभिन्न मुलुकबाट आयात गरी प्रशोधन गरेर निर्यात गर्ने गरेकाले यहाँको वैदेशिक व्यापारमा भटमासको तेलको योगदान उच्च देखिन्छ ।

सबैभन्दा बढी निर्यात हुने वस्तुमध्ये पाम तेल पनि एक हो । भटमासको तेलजस्तै पाम तेल पनि कच्चा पदार्थ आयात गरी प्रशोधन गरेर निर्यात गर्ने गरेको छ । सार्वजनिक विवरणानुसार चालु आर्थिक वर्षको पहिलो ७ महिनासम्म ३४ अर्ब १५ करोड मूल्यबराबरको पाम तेल निर्यात भएको छ ।

त्यस्तै, ५ अर्ब ७ करोड मूल्यबराबरको गलैंँचा तथा ३ अर्ब ४० करोड मूल्यबराबरको जुटबाट बुनिएका तथा अन्य कपडा निर्यात भएको विभागले जनाएको छ । विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालले भारतबाट करिब ६ खर्ब ९६ अर्ब मूल्यबराबरका वस्तु आयात गरेको छ भने १ खर्ब ६ अर्ब मूल्यबरोबरका वस्तु निर्यात गरेको तथ्याङ्क छ ।

नेपालको भारतसँगको व्यापारघाटा मात्रै ५ खर्ब ८९ अर्बभन्दा बढी छ । त्यस्तै, सोही अवधिमा नेपालले चीनबाट १ खर्ब ६५ अर्ब मूल्यब राबरका वस्तु आयात गरेकोमा ४८ करोड ७९ लाख मूल्य बराबरको वस्तु निर्यात गरेको देखिन्छ ।
चालु आर्थिक वर्षको पहिलो महिनामा सबैभन्दा धेरै वीरगन्ज भन्सार नाकाबाट ४ खर्ब १ अर्बभन्दा बढी मूल्यबराबरको वस्तु आयात भएको छ ।

त्यस्तै, भैरहवा नाकाबाट १ खर्ब ८४ अर्ब र त्रिभुवन विमानस्थल नाकाबाट १ खर्ब ४२ अर्बभन्दा बढी मूल्यका वस्तु आयात भएको तथ्याङ्क छ । नेपालले वीरगन्ज भन्सारबाट ६० अर्ब ४ करोड, विराटनगर भन्सारबाट ३७ अर्ब ५५ करोड तथा त्रिभुवन विमानस्थल नाकाबाट १८ अर्ब ७८ करोडभन्दा बढी मूल्यबराबरका वस्तु विदेश निर्यात गरेको छ ।

पछिल्लो समाचार

रूसले गर्यो युक्रेनमाथि सैन्य हमला

अघिल्लो समाचार

रुसको आक्रमणमा सेनासहित १३७ युक्रेनीको मृत्यु

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.