२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

रूसले गर्यो युक्रेनमाथि सैन्य हमला

फाल्गुन १३, २०७८, ४:४३ .शुक्रबार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

झापा, १३ फागुन । छिमेकी रूसले सैन्य आक्रमण सुरू गरेपछि पूर्वी युरोपेली मुलुकका वासिन्दामा बिहीबार नयाँ अनिश्चितता छाएको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार उज्यालो नहुँदै युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेका थिए । पुटिनको घोषणालगत्तै राजधानी किएभमा क्षेप्यास्त्र हानिएको छ भने अरू विभिन्न सहरहरूमा पनि आक्रमण भएको छ ।

रूसी आक्रमणसँगै किएभवासीहरू सहर छोड्नका लागि लामवद्ध भएका छन् । पेट्रोल पम्पमा लामा लाइन लागेका छन् । मानिसहरू पैसा निकाल्न एटिएम कार्डमा पुगेका छन् । सडकमा किएभ सहर छोडेर पश्चिमतिर जानेहरूका कारण जाम भएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।

राजधानी किएभका वासिन्दा क्षेप्यास्त्रको डरले मेट्रो रेलको सवस्टेशनमा आश्रय लिन पुगेका छन् । रूसी राष्ट्रपति पुटिनले अहिलेको आक्रमण सैनिक संरचना र बेसमा मात्रै सीमित भएको बताए पनि युक्रेनियनहरूमा त्रास व्याप्त छ ।

युक्रेनले अवकाश प्राप्त सैनिकलाई ‘हतियार दिने’

प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएअनुसार रुसले सैन्य अतिक्रमण गरेपछि युक्रेनले आफ्ना अवकाश प्राप्त सैनिकहरूलाई हतियार दिने भएको छ । युक्रेनका नागरिकहरूलाई भूगोल रक्षा एकाइहरूमा सामेल हुन प्रोत्साहित गर्न थालिएको भनिएका बेला पछिल्लो विवरण सार्वजनिक भएको हो ।

प्राप्त विवरणहरूमा जनाइएअनुसार रुसी सेनाले युक्रेनी सैन्य पूर्वाधार, विमानस्थल लगायतलाई निशाना बनाइरहेको छ । रुसी आक्रमणबाट अहिलेसम्म आठजना मारिएको युक्रेनी प्रहरीले जनाएको छ ।

युक्रेन–रुस तनावबारे नेपालले के भन्यो

नेपालले युक्रेन–रुस तनावबारे बोल्दै नेपालले विकसित घटनालाई नजिकबाट नियालिरहेको जनाएको छ ।
बिहीवार एउटा वक्तव्य जारी गर्दै परराष्ट्र मन्त्रालयले “तनाव बढ्न नदिन सम्बन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउन” अपील गरेको छ ।

“संयुक्त राष्ट्रसङ्घको सदस्यको हैसियतमा नेपालले राष्ट्रसङ्घीय वडापत्रमा उल्लिखित सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्तलाई कुनै पनि सदस्य राष्ट्रले उल्लङ्घन गर्न नमिल्ने र यसको पूर्ण रूपमा सम्मान गर्नुपर्ने धारण राख्छ,” नेपालले भनेको छ ।

रुसी बमबाट सात जनाको मृत्यु– युक्रेनी प्रहरी

युक्रेनी प्रहरीले रुसले विस्फोटन गराएको बमका कारण सात जनाको ज्यान गएको बताएको छ । अधिकारीहरूका भनाइमा पोडेस्कस्थित सैन्य एकाइमा ६ जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन् । त्यहाँ अन्य १९ जना हराइरहेका छन् । मारिअपोल सहरमा अर्का एक जना व्यक्तिको पनि मृत्यु भएको छ ।

जोन्सनले आकस्मिक कोब्रा बैठकको अध्यक्षता गर्ने

ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनले सरकारका विभिन्न निकायहरूको सहभागिता हुने आपत्कालीन ’कोब्रा’ बैठकको अध्यक्षता गर्न लागेको डाउनिङ स्ट्रीटले बताएको छ ।

आजै ब्रिटिश संसद्को तल्लो सदन ’हाउस अफ कमन्स’मा सम्बोधन गर्नुअघि उनले उक्त बैठकको अध्यक्षता गर्न लागेका हुन् । ब्रिटिश समय अनुसार बिहान ७ः३० बजे उक्त बैठक हुँदैछ । त्यसमा युक्रेनमा भएको “भयानक आक्रमण”बारे छलफल हुने बताइएको छ । जोन्सनले जी सेभेन राष्ट्रका नेताहरूसँग पनि छलफल गर्ने बताइएको छ ।

जोन्सनले पहिले नै भ्लादिमिर पुटिनले “रक्तपात र विध्वंशको मार्ग रोजेको” बताइसकेका छन् । उनले यूके र उसका साझेदारले निर्णायक जवाफ दिने पनि बताएका छन् ।

रुसी सैन्य टुकडीले सीमा पार ग¥यो– युक्रेनी सीमा सुरक्षा सेवा

रुसी सैन्य टुकडी युक्रेनको उत्तरी चेर्निहिभ र सुमी क्षेत्रहरू तथा पूर्वी लुह्यान्स्क र खार्किभ क्षेत्रमा प्रवेश गरेको युक्रेनको सीमा सुरक्षा सेवा (डीपीएसयू) ले बताएको छ ।

रुसी सैनिकहरूले तोप हानेको उसले बताएको छ । डीपीएसयूका अनुसार उसका केही सुरक्षाकर्मी घाइते भएका छन् । युक्रेनका सीमा सुरक्षा बल र सशस्त्र सेनाले “शत्रुलाई रोक्नका लागि सबै उपायहरू गरिरहेको“ बताएको छ ।

रुसका पाँचवटा विमान खसाल्यौँः युक्रेनी सेना

युक्रेनको सशस्त्र फौजले पाँचवटा रुसी विमान र एउटा हेलिकप्टर खसालिदिएको जनाएको छ । “शान्त रहनुहोस् र युक्रेनी रक्षकहरूमाथि विश्वास गर्नुहोस्,” सशस्त्र फौजले आफ्नो वक्तव्यमा भनेको छ । रुसी रक्षा मन्त्रालयले चाहिँ आफ्ना विमानहरू खसालिएको कुरा अस्वीकार गरेको छ । रुसले युक्रेनी सैन्य पूर्वाधारहरूलाई निशाना बनाइरहेको जनाएको छ ।

रुसले ’पूर्ण स्तरको आक्रमण’ शुरू गर्यो : युक्रेनी विदेशमन्त्री

युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले ट्विट गर्दै भ्लादिमिर पुटिनले ‘‘युक्रेनमाथि पूर्ण स्तरको आक्रमण शुरू गरेको’’ बताएका छन् ।

उनले युक्रेनले ‘‘आफ्नो रक्षा गर्ने’’ बताउँदै अन्तर्राष्ट्रिय जगत्ले पुटिनलाई रोक्न सक्ने र रोक्नुपर्ने विषयमा जोड दिएका छन् । रुसले पूर्वी युक्रेनमा आफ्ना सेनाविरुद्ध ‘‘भीषण गोलाबारी’’ गरेको युक्रेनको सैन्य बलले जनाएको छ ।

रुसले युक्रेनको राजधानी किएभनजिकै रहेको एक विमानस्थलसहित देशका अन्य विभिन्न विमानस्थलमा पनि क्षेप्यास्त्र आक्रमण गरेको बताइएको छ । युक्रेनको हवाई बलले रुसी हवाई हमलाको सामना गरिरहेको युक्रेनको सैन्य बलले जनाएको छ ।

किएभका बासिन्दाले राजधानी छोड्न थाले

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्थानीय समय अनुसार ५ः५५ बजे सैन्य कारबाही घोषणा गरेको केही मिनेटपछि युक्रेनमाति हमला शुरू गरिएको विवरणहरूमा जनाइएको छ ।

युक्रेनी राजधानी किएभमा आपत्कालीन साइरन बज्न थालेको छ र मानिसहरूले राजधानी छोडिरहँदा सडकमा कारहरूको ठूलो लाइन देखिएको छ । मानिसहरूले सडकमा प्रार्थना गर्दै गरेको र समूह–समूहमा बाँडिएको टेलिभिजन फूटेजहरूमा देखिन्छ ।

किएभमा रहेका द गार्डिअन पत्रिकाका संवाददाता ल्युक हार्डिङले कतिपय मानिसहरू पैसा झिक्न एटीएमअगाडि लाइन बसिरहेको भन्दै ट्विटरमा पोस्ट गरेका छन् ।

युक्रेनमा रुसी हमलाबारे कसले के भने?

युक्रेनमा रुसले गरेको हमलाबारे अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया आउने क्रम जारी छ । अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी कदमका लागि उसलाई “विश्वले उत्तरदायी बनाउने“ बताएका छन् ।

रुसविरुद्ध अमेरिकाले चाल्ने थप कदमबारे बाइडनले अमेरिकी नागरिकलाई सम्बोधन गर्ने तय भएको छ । ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनले पुटिनले “रक्तपात र विध्वंस“को बाटो रोजेको प्रतिक्रिया दिएका छन् ।

थप कदमबारे छलफल गर्न उनले उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोका महासचिव येन्स स्टोलटनबेर्गसँग कुराकानी गरेका छन् । मस्कोमाथि थप प्रतिबन्धहरू लगाउन युरोपेली सङ्घ ईयूका नेताहरू आज साँझ बैठक बस्न लागेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले लडाइँ रोक्न राष्ट्रपति पुटिनलाई आग्रह गरेका छन् ।

रुसले युक्रेनमा के केलाई निशाना बनाइरहेको छ ?

आफूले गरिरहेको “विशेष कारबाही”बारे बोल्दै युक्रेनी शहरमाथि हमला गरेको कुरा रुसले अस्वीकार गरेको छ । सैनिक पूर्वाधार,हवाई प्रतिरक्षा र हवाई फौजलाई “अचुक निशाना हान्ने अस्त्रहरू”बाट प्रहार गरिरहेको रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै सरकारी समाचार संस्था रीआले जनाएको छ । यसअघि युक्रेनी राष्ट्रपतिले रुसले क्षेप्यास्त्र हमला गरेको बताएका थिए ।

रुसले क्षेप्यास्त्र हमला गर्योः युक्रेन

समाचार संस्था रोयटर्सका अनुसार युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशमाथि रुसले क्षेप्यास्त्र हमला गरेको पुष्टि गरेका छन् ।

युक्रेनी पूर्वाधार तथा सीमा सुरक्षा बलमाथि क्षेप्यास्त्र हमला गरिएको उनले बताए । रुसी पक्षबाट त्यस विषयमा कुनै प्रतिक्रिया आइसकेको छैन । यसअघि रुसी राष्ट्रपतिले युक्रेनमाथि कब्जा गर्ने कुनै योजना नरहेको बताएका थिए ।

रुसी कदमबाट अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घनः नेटो

उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोका महासचिव येन्स स्टोल्टनबेर्गले रुसको “गैरजिम्मेवार आक्रमण“ भन्दै निन्दा गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा एउटा पोस्ट गर्दै उनले रुसी कदमले अनगिन्ती नागरिकको जीवनमा जोखिममा पारेको बताएका छन् ।

“यो अन्तर्राष्ट्रिय कानुनको चरम उल्लङ्घन हो र युरो–एट्लान्टिक सुरक्षामाथि गम्भीर खतरा हो,” उनले थपेका छन् । रुसले पुनः शुरू गरेको “आक्रामक व्यवहार”बारे नेटोका साझेदारहरूले छलफल गर्ने उनले बताए ।
युक्रेनी राष्ट्रपतिद्वारा सैन्य कानुन लागु गर्न आह्वान

युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले उनको राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्लाई सैन्य कानुन लागु गर्न भनेका छन् । त्यसबारे निर्णय गर्न उक्त परिषद्ले आकस्मिक बैठक बोलाउने अपेक्षा गरिएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा “सैन्य कारबाही” घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ सात वर्षयताकै उच्च बिन्दुमा पुगेको छ ।

तेलको मूल्य एक्कासी बढेर प्रतिब्यारल सय डलर पुगेको हो । जारी तनावको असर एशियाली शेअर बजारमा पनि देखिएको छ जहाँ व्यापारमा २ देखि ३ प्रतिशतले गिरावट आएको छ ।

बीबीसीका एशियाली व्यापार संवाददाताका अनुसार लगानीकर्ताहरू सुरक्षित लगानीतर्फ लाग्न थालेका छन् । सुनको भाउ एक वर्षयताकै उच्च बिन्दुमा पुगेको छ भने अमेरिकी डलर र जापानी येन बलियो भइरहेका छन् ।

युक्रेनको राजधानीमा रहेका नेपाली भन्छन– ’विस्फोटको आवाज सुनियो’

युक्रेनको राजधानी किएभमा अध्ययनरत एकजना नेपाली विद्यार्थीले बिहीवार सबेरै आफूले तीनवटा विस्फोटनको आवाज सुनेको बताए ।

नेपालको पोखरा घर भएका लोकेश मगरले टेलिफोनमा बीबीसीसँग कुराकानी गर्दै भने, “यहाँ भर्खरै बिहान भएकाले हामी अपार्टमेन्टबाट बाहिर निस्केका छैनौँ तर हामीले तीनवटा ठूला विस्फोटनका आवाज सुन्यौँ ।”

“अब यहाँ ठूलो लडाइँ होला जस्तो छ, त्यसैले हाम्रो चाँडै उद्धार होस् भन्ने चाहेका छौँ ।” हाल किएभमा रहेका लोकेश मगरले आफू त्रासमा बाँचिरहेको बताएका छन्

युक्रेनमा यात्रुवाहक विमान उडाउन बन्द– अनुगमनकर्ता

बिहीवार बिहान जारी गरिएको ’नोटिस टु एअरमेन’ (नोटम) अनुसार युक्रेनको हवाई क्षेत्रमा यात्रुवाहक विमान उडाउन “नागरिक उड्डयनका लागि सम्भावित खतराका कारण प्रतिबन्धित छन“ भनिएको फ्लाइटरेडार डेटा ट्र्याकिङ वेबसाइटले जनाएको छ ।

युक्रेनका अधिकारीहरूले यसबारे कुनै टिप्पणी गरेका छैनन् । यसैबीच धेरैवटा प्रमुख युक्रेनी विमानस्थलमा आगमन र प्रस्थान निर्धारित समयमै भइरहेको देखिएको छ ।

युक्रेनमाथि कब्जा गर्ने योजना छैनः पुटिन

टेलिभिजन सम्बोधनका क्रममा राष्ट्रपति पुटिनले युक्रेनमाथि कब्जा गर्ने “कुनै योजना नरहेको” बताएका छन् । “विशेष सैन्य कारबाही”को घोषणा गर्ने क्रममा उनले आफ्नो देश कसले चलाउँछ भन्ने “स्वतन्त्र रूपमा रोज्ने अधिकार युक्रेनी जनतालाई भएको” बताए । रुसले चालेको कदम “आत्मरक्षा” भएको पनि पुटिनले दाबी गरेका छन् ।

‘युद्धमा मेरो देश’

संयुक्त राष्ट्रसङ्घका लागि युक्रेनका राजदूत सेर्गेई किजलिटाले राष्ट्रसङ्घका लागि रुसी राजदूतले आफ्ना राष्ट्रपतिले ‘मेरो देशमा युद्ध घोषणा गरेको’ पुष्टि गरेको बताएको रोयटर्स समाचार संस्थाले जनाएको छ । युक्रेनको आन्तरिक मन्त्रालयले समाचार संस्था सीएनएनलाई भनेको छः “हमला सुरु भएको छ ।”

सैन्य परिचालन रोक्न राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले सेनालाई आक्रमणबाट रोक्न पुटिनलाई आग्रह गरेका छन् । राष्ट्रपति पुटिनले उनलाई “शान्तिको मौका दिन“ आह्वान गरेका छन् ।

विश्वले रुसलाई जिम्मेवार ठहर्याउनेछ– बाइडन

अमेरिकी राष्ट्रपति जो बाइडनले ‘रुसी सैन्य फौजको उक्साहटबिनाको र औचित्यहीन हमला’विरुद्ध बोलेका छन् । “पूरा विश्वको प्रार्थना यतिखेर युक्रेनका मानिसहरूसँग छ,“ उनले भने । “राष्ट्रपति पुटिनले दुर्भाग्यपूर्ण ढङ्गले मानवीय क्षति र पीडा निम्त्याउने योजनाबद्ध युद्ध रोजेका छन् ।“

आफूले ह्वाइट हाउसबाट अवस्थाको निगरानी गरिराखेको बताउँदै उनले जी–सेभेन नेताहरूसँग सबेरै भेटेर रुसमाथि ‘थप परिणामहरू’ घोषणा गरिने बताए ।

“यस हमलाका मृत्यु तथा क्षतिको लागि रुस एक्लै जिम्मेवार छ र अमेरिका र उसका साझेदारहरूले एकीकृत र निर्णायक ढङ्गले यसको जवाफ दिनेछन् । विश्वले रुसलाई जिम्मेवार ठह¥याउनेछ ।”

कियभमा पाँचदेखि छ वटा विस्फोटन

कियभस्थित बीबीसी संवाददाता पल एडम्सका अनुसार पाँचदेखि छ वटा विस्फोटनको आवाज सुनिएको छ । देशका अन्य विभिन्न भागहरूमा पनि विस्फोटन भइरहेका विवरण आएको उनले बताएका छन् ।

पछिल्लो समाचार

वनको चुनावमा मिश्रित नतिजा, अध्यक्षमा माओबादीका योगेश बिजयी

अघिल्लो समाचार

सात महिनामा व्यापारघाटा ३८ प्रतिशत

Related Posts

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
banner -1

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार
मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी
box -1

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

पुस २६, २०८२, १२:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.