८ जेष्ठ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

वनको चुनावमा मिश्रित नतिजा, अध्यक्षमा माओबादीका योगेश बिजयी

फाल्गुन १३, २०७८, १०:१० .शुक्रबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

धाइजन, १३ फागुन । मेचीनगरको वडा नं. ११ र १२ को कालिका सामुदायिक बनको अध्यक्षमा योगेश भट्टराई पुनः बिजयी भएका छन् । उनको अब तेस्रो कार्यकाल सुरु भएको छ ।

नेकपा माओबादी समर्थक भट्टराईले आफुविरुद्ध बलियो मोर्चाबन्दी गरेका नेकपा एमाले, नेपाली कांग्रेस र राप्रपा (लोकतान्त्रिक प्यानल)का साझा उम्मेद्वार विशुलाल मेचेलाई पराजित गरेका हुन् ।

बिजयी भट्टराईले ९१३ र उपबिजयी मेचेले ८५२ मत प्राप्त गरेका थिए । उनीहरु बीचको मतान्तर ६१ छ । कार्यकाल ३ बर्षको हुने व्यवस्था छ ।

चुनावमा नेकपा एमाले, नेपाली कांग्रेस र राप्रपा गठबन्धन गरेर चुनावमा उत्रिएका थिए भने अर्कातिर नेकपा माओबादी, नेकपा एकीकृत समाजबादी, लिम्बुवान राष्ट्रिय मञ्च र जनता समाजबादी पार्टी मिलेर (गणतान्त्रिक) प्यानल बनाएका थिए ।

राजनीतिक परिदृश्य हेर्दा एमाले, कांग्रेस र राप्रपाको गठबन्धनले नेतृत्व खोस्ने धेरैले आँकलन गरेका थिए । तर, दुई कार्यकाल बनको नेतृत्व गरिसकेका माओबादी समर्थित अध्यक्षका उम्मेद्वार भट्टराई अपराजेय सावित भएका छन् ।

चुनावमा ठूला राजनीतिक दलबीचको गठबन्धनले अध्यक्ष पद हारे तापनि पदाधिकारी र सदस्यका अरु सिटमा भने बहुमत हासिल गरेको छ ।

माओबादीले अध्यक्ष र एक सदस्य जितेका छन् भने नेकपा एकीकृतका एक सदस्य बिजयी भएका छन् । अरु सिटमा नेकपा एमाले र कांग्रेसको वर्चस्व रहेको छ ।

परिणामले एमाले र कांग्रेसलाई राजनीतिक रुपमा धक्का लागेको छ भने माओबादी हौसिएको छ । माओबादीले यो जितलाई राजनीतिक विजयको रुपमा प्रचार गर्न थालिसकेको छ ।

बुधवार भएको मतदानको अन्तिम परिणाम विहीवार विहान ३ बजे आइसकेको थियो । उपाध्यक्ष पदमा लोकतान्त्रिक प्यानलबाट एमालेकी संगीता चौधरी निर्वाचित भएकी छिन् । चौधरीले माओवादीकी गंगादेवी सिम्खडालाई ३९२ मत अन्तरले पछि पारिन् । सिम्खडाले ६९६ मत प्र्रात गरेकी छिन् ।

सचिव पदमा नेपाली कांग्रेसकी मुना धिमाल ८९४ मत प्राप्त गरेर विजयी भएकी छन् धिमालले निर्मला गुरुङलाई ३१६ मतले पछि पारेकी छिन् । गुरुङले ६९४ मत प्राप्त गरेकी छिन् ।

सहसचिवमा खेमराज राईले १०१० मत प्राप्त गरेर विजयी भएका छन् । राईले माओवादीका बिनोद मेचेलाई ३१६ मत अन्तरले पछि पारेका छन् । मेचेले ६९४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी कोषाध्यक्ष पदमा नेपाली कांग्रेसका अनिल मेचेले ९९८ मत ल्याएर निर्वाचित भएका छन् । उनले माओवादीका उम्मेद्वार साउन मेचे बादललाई २७६ मत अन्तरले पछि पारेका छन् । बादलले ७०८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी सदस्यहरुमा क्षेत्र १ बाट जसपाकी दुर्गा लिम्बू र एमालेका विरबहादुर लिम्बू निर्वाचित भएका छन् । दुर्गा लिम्बूले ३३१ मत प्राप्त गरिन् भने बीरबहादुरले २९८ मत प्राप्त गरेका छन् । उपविजेता बनेकी यसोदा गौतमले २०३ मत प्राप्त गरिन् भने दुर्गाप्रसाद लिम्बूले २१६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी क्षेत्र २ मा नेपाली कांग्रेसकी देवीमाया उप्रेती र एमालेका लालबहादुर कार्की विजयी भएका छन् । उप्रेतीले २२५ मत प्राप्त गरिन् भने कार्कीले २२९ मात प्राप्त गरेका छन् । सोही क्षेत्रबाट उपविजेता बनेका देवीमाया बर्देवाले ७० र विनोद राईले ७५ मत प्राप्त गरेका छन् ।

क्षेत्र ३ बाट नेकपा एकीकृतकी निर्मला पाठक र माओवादीका लोकबहादुर मेचे विजयी भए । पाठकले १८५ र मेचेले १८९ मात प्राप्त गरेका छन् । सोही क्षेत्रबाट उपविजेता बनेका पम्फा बुढाथोकीले १४२ र गजेन्द्र दर्जीले १५० मत ल्याएका छन् ।

क्षेत्र नम्बर ४ बाट एमालेकी रामवती चौधरी र नेपाली कांग्रेसका ज्ञानबहादुर भूजेल विजयी भएका छन् । चौधरीले १४३ र भूजेलले १४६ मत प्राप्त गरेर विजयी भएका हुन् । उपबिजेता बनेकी दीपा थापाले १०३ र भोला चौधरीले १०१ मत प्राप्त गरेका छन् ।

यता क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका कैलाश थापाले ९१ मत प्राप्त गरेर विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी डम्बरहाङ जवेगु ३८ मत ल्याएर उपविजेता बने ।

क्षेत्र ६ मा एमालेका कालिदास राजवंशीले १०५ मत ल्याएर विजयी भएका छन् भने पदम लामिछानेले ९२ मत ल्याएर पराजित भएका छन् ।

निर्वाचनमा ८४ प्रतिशत मत खसेको निर्वाचन समितिका सचिव नरेन्द्र मोहराले जानकारी दिए । कूल २२ सय २४ मतदाता रहेको वनमा १८ सय ६७ मत खसेको थियो । मतगणना बुधबार रातिबाटै सुरु गरिएको थियो ।

पछिल्लो समाचार

कालिका बनको चुनाव हुँदै : माओबादीका उम्मेद्वार हराउन एमाले–कांग्रेस गठबन्धन

अघिल्लो समाचार

रूसले गर्यो युक्रेनमाथि सैन्य हमला

Related Posts

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त
banner

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त

जेष्ठ ७, २०८२, ७:२६ .मङ्लबार
वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
box -2

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.