२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

झापा गोल्डकपको सम्पूर्ण तयारी पूरा

फाल्गुन २०, २०७८, ४:२९ .शुक्रबार
0
0
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, १९ फागुन । झापा गोल्डकप फुटबलको अन्तिम तयारी पूरा भएको छ ।

शनिबार सुरु हुने गोल्डकपका लागि टिम व्यवस्थापन, मैदान, प्यारापिट निर्माण लगायतका सम्पूर्ण काम सम्पन्न भएको आयोजक झापा गोल्डकप समितिले जनाएको छ ।

पाँचौं संस्करणको गोल्डकप फागुन ३० गतेसम्म सञ्चालन हुनेछ । गोल्डकपका लागि करिब दुई महिना लगाएर मैदान बनाइएको छ । मैदानमा खेलाडीलाई सहयोग पुग्नेगरी घाँस उमारिएको छ । करिब १० हजार दर्शक बस्न मिल्नेगरी बाँसको प्यारापिट निर्माण गरिएको छ ।

बजार सरसफाइ तथा स्वागतद्वारले बिर्तामोडलाई सिँगारिएको छ । गोल्डकपमा यसवर्ष घरेलु टोली झापा–११ सहित ‘ए’ डिभिजन क्लब नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपीएफ, थ्रीस्टार, संकटा, सातदोबाटो र जावलाखेल युथ क्लब सहभागी हुनेछन ।

गोल्डकपमा दुई विदेशी टिम एम.एफसी दार्जिलिङ र आरपी एफसी सिक्किमसहित १० वटा टिम सहभागी हुने गोल्डकपका संरक्षक जलकुमार गुरुङले बताए । शनिबार उद्घाटन खेल सातदोबाटो र जावलाखेल युथबीच हुनेछ । प्रतियोगिताका सबै खेल बिर्तामोड–३ बिर्ताबजार स्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ ।

गोल्डकपमा पुरस्कार अघिल्लो वर्षकै कायम गरिएको छ । यसपालि पनि गोल्डकप विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन ।

गोल्डकपका सर्वोत्कृष्ट खेलाडीलाई एउटा मोटरसाइकल प्रदान गरिने महासचिव गजेन्द्रबहादुर पौडेलले बताए । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकलाई जनही २१ हजार तथा सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रत्येक खेलका म्यान अफ द म्याचले ९ हजार ९ सय ९९ रुपैयाँ प्राप्त गर्नेछन ।

गोल्डकपमा नेपाल आइस बियरले मुख्य प्रायोजन गर्नेछ । प्रतियोगिता सम्पन्न गर्ने एक करोड ४० लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजक समिति अध्यक्ष विनोद बस्नेतले बताए । गोल्डकपको उद्घाटन पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र समापन कांग्रेस नेता कृष्ण सिटौलाले गर्ने उनले बताए ।

पछिल्लो समाचार

एमसीसी राष्ट्रको हित प्रतिकूल हुनु हुँदैन : एमाले

अघिल्लो समाचार

सूर्योदय माविमा फुड फेस्टिवल

Related Posts

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
banner -1

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार
मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी
box -1

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

पुस २६, २०८२, १२:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.