काँकरभिट्टा, १९ फागुन । विद्यालयमा किताबी ज्ञान मात्र दिएर पुग्दैन त्यसलाई प्रयोगमा पनि ल्याउनुपर्छ भन्ने उद्देश्यले काँकरभिट्टाको सूर्योदय अङ्ग्रेजी माध्यामिक विद्यालयले फुड फेस्टिबल कार्यक्रम सम्पन्न गरेको छ ।
बिहीबार विद्यालयले आफ्नो प्राङ्गणमा स्पाइनल कलेज अफ होटल मेनेजमेन्टको सहयोगमा सम्पन्न उक्त कार्यक्रममा बिद्यार्थीहरुले बनाएको स्वादिष्ट परिकारहरुको नौ वटा स्टल राखिएको थियो । विद्यार्थीहरुले मिठाइको परिकार, चाइनिज, कन्टिनेन्टल र अन्य विभिन्न प्रकारका खानाका परिकारहरु बनाएका थिए ।
कार्यक्रममा मेचीनगर भित्रका १० वटा विद्यालयलाई निमन्त्रण गरिएको सूर्योदय माविका प्रधानाध्यापक शिव मैनालीले बताए । उनले भने ‘विद्यार्थीलाई प्रयोगात्मक ज्ञान दिने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो ।’
पाक शिक्षा लौगिंक कर्तव्य नभइ सबै मानिसको लागि महत्वपूर्ण सिप भएको कार्यक्रममा सहभागी विद्यार्थीहरुले बताए ।
‘खाना पकाउने सिप हाम्रो जीवनमा सबैभन्दा महत्वपूर्ण विषय हो’, बिद्यार्थी सुङ्नीमा राईले भनिन्–‘सबै विद्यार्थीहरु यसमा सहभागी भएको अवस्था छ ।’
कार्यक्रममा बिद्यार्थी, शिक्षक, अविभावक र स्थानीयहरुको उत्साहजनक सहभागिता रहेको थियो । झापाका अधिकांश विद्यालयहरुमा यस्ता फुड फेस्टिबलहरु बेला–बेला आयोजना हुने गरेको छ ।
Discussion about this post