७ जेष्ठ २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

‘चेप्टी फर्न पार्क’ निर्माण सम्बन्धमा छानविन समिति

जेष्ठ २४, २०७९, ९:२० .मङ्लबार
0
0
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

इलाम, २४ जेठ । इलामको दक्षिणी क्षेत्र चुरेमा पर्ने माई नगरपालिकामा निर्माण गरिएको चेप्टी फनपार्कमा जग्गा अतिक्रमण भएको विषयमा छानविन गर्न डिभिजन वन कार्यालयले तीन सदस्यीय छानविन समिति बनाएको छ ।

डिभिजनल वन अधिकृत दानबहादुर श्रेष्ठका अनुसार सहायक वन अधिकृत सञ्जिवराज ढकालको संयोजकत्वमा छानविन समिति गठन गरिएको हो ।

समितिमा अधिकृत कर्ण अधिकारी र अधिकृत सरोज घिमिरे सदस्य रहनुभएको छ । समितिले वन क्षेत्रमा अतिक्रमण भएको वस्तुस्थिति बुझेर प्रतिवेदन बुझाउने डिभिजन वन कार्यालयका प्रमुख श्रेष्ठले बताए ।

यसअघिसमेत डिभिजन वन कार्यालयले प्रतिवेदन तयार पारिसकेको छ । पहिलेको प्रतिवेदनमा सरस्वति सामुदायिक वन समूहको ४५ रोपनी जग्गा अतिक्रमण भएको पाइएको थियो । कार्यालय प्रमुख श्रेष्ठले हाल सञ्चारमाध्यममा गम्भीररुपमा यस विषयको चर्चा भएकाले विस्तृतरुपमा अध्यययन गर्न समिति बनाइएको बताए ।

माई नगरपालिका वडा नम्बर ८ मा जमिन अतिक्रमण भएको र पार्क निर्माण गर्दा वन क्षेत्र अतिक्रमण भएको साथै अवैधरुपमा काठ काटिएको विषयमा पनि विस्तृत छानविन गरिने बताइएको छ । जोकसै पनि दोषी भएमा कारवाहीको दायरामा ल्याउने कार्यालय प्रमुख श्रेष्ठले प्रतिबद्धता व्यक्त गरे ।

माईका वडा नं २ र १० मा पार्क निर्माण गरिएको छ । वडा नं २ का तत्कालीन वडाध्यक्ष एवं नवनिर्वाचित नगर प्रमुख खम्बासिंह लिम्बू, इलामका तत्कालीन डिएफओ इन्द्रमणि भण्डारीसमेतको मिलेमतोमा चेप्टी फन पार्क निर्माणका क्रममा राष्ट्रिय वन क्षेत्रको ३०० भन्दा बढी जग्गा अतिक्रमण भएको विभिन्न सञ्चारमाध्यममा चर्चामा आएको थियो ।

ह्याप्पी डिम्सका सञ्चालक दिनेश शिवाकोटीसहितका व्यक्ति र तत्कालीन डिएफओ भण्डारीले पार्कसम्म जाने सडक वन क्षेत्रबाट निर्माण गर्दा दर्जनौँ काँचो सालका रुख काटिएको पनि समाचारमा उल्लेख छ । यद्यपि उक्त सडकखण्ड सुखानी र अर्को एक सामुदायिक वनमा पर्ने बताइएको छ ।

राष्ट्रिय वन क्षेत्रमा पर्ने वास्तविक जग्गा कति हो भन्ने यकीन गर्न फिल्डमा नै गएर अनुसन्धान गरिने डिएफओ श्रेष्ठले बताए । उनले बयानका लागि नाम उल्लेख भएका व्यक्तिसँग पनि सोधपुछ गरिने जानकारी दिए । समितिले जतिसक्दो चाँडो अनुसन्धान गर्ने र प्रतिवेदन तयार पार्नेसमेत जनाइएको छ ।

नवनिर्वाचित नगर प्रमुख खम्बासिंह लिम्बूले विज्ञप्ति जारी गर्दै नगपालिकामा हुँदै गरेको विकासको काम भएको र समाचारले लगानीकर्तामा निरासा पैदा भएको बताए । सञ्चारमाध्यमले विकासका कामलाई उजागर गर्नुपर्नेमा विकास विरोधी समाचार प्रकाशन भएको उनको बुझाई छ ।

।। अर्जुन कार्की ।।

पछिल्लो समाचार

सकुम्बासीलाई जग्गा उपलब्ध गराउन प्रक्रिया सुरु

अघिल्लो समाचार

सीडीओलाई फोन–‘गुहार गुहार, तुरुन्तै बचाउनुपर्यो’

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.