मेचीनगर, २ असार । काँकरभिट्टाका विजय श्रेष्ठको भारतकोे पानीट्याङ्कीमा रेलको ठक्करबाट मृत्यु भएको छ ।
मेचीनगर–६ स्थित काँकरभिट्टा निवासी अन्दाजी ३० वर्षका श्रेष्ठको विहीबार राति ८ वजेर १० मिनेट जाँदा पानीट्याङ्कीमा रेलको ठक्करबाट मृत्यु भएको हो ।
रेलको लिकमा हिडिरहेका बेला तीव्र गतिमा आएको रेलले ठक्कर दिदाँ श्रेष्ठको मृत्यु भएको भारतीय प्रहरीले नेपाल प्रहरीलाई जानकारी गराएको छ ।
घटनाका बारेमा नेपाल प्रहरीले मृतकका परिवारलाई जानकारी गराएको छ । मृतकका दाजु विधान श्रेष्ठ पानीट्याङ्की तर्फ लागेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।
।। गगन ढकाल ।।
Discussion about this post