
मेचीनगर, ४ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व पश्चिम रेलमार्ग झापाका प्रभावित नागरिकलाई सरकारले तत्काल मुआब्जा दिनु पर्ने बताएका छन् ।
शुक्रबार अध्यक्ष ओलीको निवास बालकोट पुगेका रेल प्रभावितहरूको प्रतिनिधि टोलीलाई ओलीले रेल नेपालको समृद्धिको महत्वपूर्ण साधन भएकोले रेलमार्गमा पर्ने जग्गाको मुआब्जा तत्काल दिएर सरकारले जग्गा अधिग्रहण गर्नु पर्ने बताए ।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले मुआब्जा दिँदा रेलको मार्गमा नपर्ने तर सानो टुक्रा जग्गा मात्रै बाँकी रहने अवस्थामा त्यस्तो जग्गा पनि सरकारले मुआब्जा दिनु पर्ने दावी गरे ।
पूर्व पश्चिम रेल प्रभावित मुआब्जा निर्धारण तथा समन्वय समितिका अध्यक्ष डा.लक्ष्मीप्रसाद मैनालीको टोलीले ओलीलाई ५ बुँदे ज्ञापन पत्र समेत बुझाएको थियो ।
टोलीमा अध्यक्ष मैनाली, उपाध्यक्ष ओम विमली, रमेश दाहाल, सुशील शाह, महासचिव रञ्जित प्रसाईं, सचिव ज्ञानेन्द्र निरौला, सदस्य बिश्वराज न्यौपाने, राजन शर्मा र मीना श्रेष्ठ थिए ।
Discussion about this post