झापा, ७ असार । नेकपा एकीकृत समाजवादी पार्टी (एस) झापाको सचिवमा विपी भट्टराई चयन भएका छन् ।
सोमबार नेकपा एस झापा जिल्ला कमिटिको बिर्तामोडमा बसेको बैठकले धुलाबारी निवासी भट्टराईलाई जिल्ला सचिवमा चयन गरेको हो ।
भट्टराई यसअघि जिल्ला उपसचिवको जिम्मेवारी समालेका थिए ।
वर्तमान जिल्ला सचिव मणि भण्डारीलाई केन्द्रिय परिषद् सदस्यमा सिफारिस गर्ने निर्णय बैठकले गरेको छ । भण्डारीसहित १० जनालाई केन्द्रिय परिषद् सदस्यमा सिफारिस गर्ने निर्णय जिल्ला कमिटीले गरेको नेकपा एसका केन्द्रीय सदस्य अशेष घिमिरेले जानकारी दिए ।
जिल्ला वैठकले भट्टराईलाई सचिवको जिम्मेवारी दिएको घिमिरेले बताए ।
झापा अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा सम्पन्न बैठकले गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा समेत गरेको थियो ।
Discussion about this post