मेचीनगर, ६ साउन । नेपाली कांग्रेस मेचीनगर–७ नम्बर वडाले विपी कोइरालको ४०औँ स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार ईटाभट्टामा वडा समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिलासहित ३२ जनाले रक्तदान गरेका हुन् ।
कार्यक्रममा बिर्तामोड र धुलाबारी रेडक्रसको प्राविधिक सहयोग रहेको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि रोहित बुढाथोकी, धर्मराज घिमिरे, प्रदेश प्रतिनिधि रुपसागर अधिकारी, युद्धराज ओली, क्षेत्रीय प्रतिनिधि कुसुम कोइराला, वडा उपसभापति माधव आचार्य, सचिव रमेश भेटवाल, कोषाध्यक्ष विशाल बुढाथोकी, तरुण दल प्रदेश १ का सदस्य चन्दन गौतम, तरुण वडा सभापति सुनिल गुप्ता लगायतको उपस्थिती रहेको थियो ।
शुक्रबार बेलुका ७ वजे ईटाभट्टा चोकमा दिप प्रज्वलनको कार्यक्रम समेत गरिने वडा समितिले जनाएको छ । आज देशभरका कांग्रेसका नेता तथा कार्यकर्ताहरुले विपी स्मृति दिवस भव्यताका साथ मनाइरहेका छन् ।
कांग्रेस वडा सभापति कञ्चन बरालको अध्यक्षतामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।
Discussion about this post