मेचीनगर, १६ साउन । मेचीनगर नगरपालिकाको चालु आर्थिक वर्ष २०७९÷८० का लागि नगर विकास योजना पुस्तक सार्वजनिक गरिएको छ ।
सोमबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले सो पुस्तक सार्वजनिक गरेका हुन् ।
नगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० का लागि १ अर्व ४८ करोड ४३ लाख ६६ हजार ४ सय ५८ रुपैयाँ ३४ पैसाको बजेट नगर विकास योजना पुस्तक मार्फत सार्वजनिक गरिएको छ ।
नगरस्तरीय चालु खर्च २ करोड ८३ लाख ५० हजार, पुँजीगत खर्चमा ५ करोड ३४ लाख ९३ हजार ४५८ रुपैयाँ ३४ पैसासहित कुल ७४ करोड २४ लाख ४३ हजार ४५८ रुपैयाँ छ ।
संघबाट वित्तीय हस्तान्तरण मार्फत विषयगत सर्शत अनुदान चालु खर्च ४ करोड ४६ लाख, पुँजीगत खर्च ११ करोड ७९ लाख गरी जम्मा कुल ५२ करोड २५ लाख रुपैयाँ छ ।
त्यस्तै प्रदेशबाट वित्तीय हस्तान्तरण मार्फत विषयगत सर्शत अनुदान पुँजीगत खर्चतर्फ १ करोड ११ लाख २३ हजार रहेको छ ।
ऋणको सावा–व्याज भुक्तानीतर्फ ६ लाख र समपुरक कोषमा पुँजीगत खर्चतर्फ ५ करोड रहेको छ ।
नगरपालिकाको आन्तरिक श्रोत, संघिय र प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण, राजश्व बाडफाड, विशेष अनुदान, समपुरक अनुदान, सर्शत अनुदान रकम समेत समावेश गरी आ.व.२०७९÷८० का लागि सो बजेट ल्याइएको छ ।
Discussion about this post