६ जेष्ठ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

द्वन्द्व निरुपणमा स्थानीय तह जिम्मेवार बन्न आग्रह

साउन २२, २०७९, ९:०३ .आइतवार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, २२ साउन । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले जल, जमिन र जंगल सम्बन्धी विवादलाई अन्त्य गर्ने जिम्मेवारी अब स्थानीय तहमा आएकाले यस विषयमा स्थानीय तहले जिम्मेवार भएर निरुपण गर्ने दक्षता प्राप्त गर्न जरुरी रहेको बताएको छ ।

झापाका १५ स्थानीय तथा जिल्ला समन्वय समितिका निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष एवम् उपाध्यक्षलाई निर्वाचित भएकामा बधाइ तथा शुभकामना दिन आइतबार बिर्तामोडमा आयोजित स्थानीय तहमा शान्ति निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएको हो ।

प्राकृतिक स्रोतहरु जल, जमिन र जंगलको विषयमा नेपालका विभिन्न स्थानमा लामो समयदेखि विवाद झैँ–झगडा र मुद्दासमेत चलेर जनजीवनसमेत अस्तव्यस्त बन्ने घटनालाई जडभित्रै पुगेर आपसमा फाटेका मन मिलाउने उद्देश्यले सफल पद्धति साबित भएको यो प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले मिलाउँदै आएको छ ।

अहिले संविधानले नै स्थानीय तहमा सबै प्रकारका विवाद वा झँै–झगडा निरुपण गर्नका लागि उपप्रमुख वा उपाध्यक्षको अध्यक्षतामा रहने न्यायिक समितिलाई पनि विवादको दीर्घकालीन रुपमा समाधान गर्न सुझाव दिनका लागि उक्त कार्यक्रम आयोजना गरिएको हो ।

उक्त अवसरमा जिल्ला समन्वय समितिका प्रमुख बिश्वनाथ बरालले गाउँघरमा उत्पन्न हुने द्वन्द्व समाधानका लागि ज्यादै सहज र प्रभावकारी उपाय साबित भइसकेको यो विषयलाई गाउँको भित्री तहसम्म पुर्याउने ज्ञान, सीप र दक्षताको शिक्षा दिन जरुरी रहेको बताए ।

उनले आइपर्ने द्वन्द्वलाई सकारात्मक रुपमा लिएर समाधान खोज्नुपर्ने बताए । ‘द्वन्द्व हरसमय आइपर्ने समस्या हो,’ उनले भने, ‘द्वन्द्वलाई समस्याको रुपमा नलिई समाधान खोज्नतर्फ हामी लाग्नुपर्छ ।’

उनले जनताले अपेक्षा गरेका साना–साना कामलाई सही ढंगबाट व्यवस्थापन गर्न जनप्रतिनिधिहरुलाई आग्रह पनि गरे । प्रमुख बरालले जनताका तिनै साना समस्या समाधान गर्न सकियो भने जनता र जनप्रतिनिधि दुवै खुशी बन्ने अवस्था सिर्जना हुने बताए ।

कार्यक्रममा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रकी राष्ट्रिय स्रोतव्यक्ति संगीता थापाले जल, जमिन र जंगलसँग सरोकार राख्ने विषयमा उत्पन्न विवाद वा मुद्दालाई जरैदेखि अन्त्य गर्न सफल भएको अभियान कार्यक्रमले झापामा मात्रै ६० वटा विवाद समाधान भएको जानकारी दिइन् । त्यसमा एउटा विवाद समाधानको प्रक्रियामा रहेको उनको भनाई छ ।

दुवै पक्षको न्याय हुनेगरी साना तथा ठूला विवादहरु सहजै समाधान गर्दै आएको उक्त संस्थाले झापामा ०७४ सालदेखि स्थानीय सरकारहरुसँग समन्वय गरेर अभियान निरन्तर अघि बढाइरहेको केन्द्रकी राष्ट्रिय स्रोतव्यक्ति थापाले बताइन् ।

कार्यक्रममा बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईं, उपप्रमुख नगेन्द्र संग्रौला, मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती, भद्रपुर नगर उपप्रमुख राधा कार्की लगायतले आफ्ना धारणा राखेका थिए । सो क्रममा जनप्रतिनिधिहरुले राजनीतिक दबावका कारण कतिपय मुद्धा समाधान गर्न नसकिएको बताए । उनीहरुले मुद्धा मिलाउने नाममा समाजमा अशान्ति हुने हो कि भन्ने चिन्ता पनि व्यक्त गरे ।

जिल्ला समन्वय समितिका प्रमुख बिश्वनाथ बरालको अध्यक्षता तथा उपप्रमुख शान्ता रोक्काले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सहजकर्ता छत्र पौडेलले गरेका थिए ।

पछिल्लो समाचार

प्रेस क्लब मेचीनगरको अध्यक्ष डम्बर बराल

अघिल्लो समाचार

राजनीति स्वस्थ भए खेलकुद स्वस्थ हुन्छ : समाजवादीका नेता बस्नेत

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.