बिर्तामोड, २० साउन । राष्ट्रिय स्वतन्त्र पार्टीले झापाका सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेद्वार उठाउने भएको छ ।
शुक्रबार बिर्तामोडमा पार्टीको जिल्ला कार्यसमिति बैठकले झापाका ५ वटै निर्वाचन क्षेत्र र १० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा उम्मेद्वारी दिने निर्णय गरेको हो ।
उम्मेद्वारको तय भने सम्बन्धीत पालिकाको सिफारिसका आधारमापछि गरिने राष्ट्रिय स्वतन्त्र पार्टी झापाका सचिव प्रकाश पाठकले बताए ।
इटहरीमा आगामी साउन ३० गते हुने प्रदेश भेलापछि पार्टीले उम्मेद्वारका विषयमा निर्णय गर्ने तयारी गरेको छ । स्वतन्त्र रुपमा अभियान चलाएका र क्षमता भएका योग्य व्यक्तिलाई समेत पार्टीमा स्थान दिइने पार्टीका झापाका सभापति उमेश खरेलले बताए ।
संवैधानिक समाजवादलाई आफ्नो मुख्य एजेण्डा बनाएको पार्टीले आगामी भदौ महिनाको पहिलो साताबाट चुनावी अभियान समेत सुरु गरिने उनको जानकारी दिए ।
Discussion about this post