७ जेष्ठ २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पत्रकार पराजुलीको पुर्नवहाली गर्न चौतारीको माग

साउन २२, २०७९, १०:५१ .आइतवार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा, २२ साउन । प्रेस चौतारी झापाले हिमशिखर टिभीका समाचार संयोजक एवम् चौतारीका सदस्य भूमिराज पराजुलीलाई वैदेशिक रोजगार सम्बन्धी एउटा घटनामा अपराधीलाई जस्तै व्यवहार भइरहेकोमा आपत्ति जनाएको छ ।

आज चौतारीका सचिव प्रकाश पौडेलले प्रेस विज्ञप्ति जारी गरी पराजुलीमाथि हिमशिखर टेलिभिजनले जागिरबाट हटाउन गरेको निर्णय र नेपाल पत्रकार महासंघ झापाले सदस्यताबाट निलम्बन गर्न गरेको सिफारिस पूर्वाग्रही भएको जनाउँदै ती निर्णय अविलम्ब फिर्ता लिन माग गरेका छन् ।

रोमानिया पठाइदिने आश्वासन दिएर रकम असुलेको आरोप लगाउँदै पीडितहरुले उजुरी दिएपछि वैदेशिक रोजगार विभागले पराजुलीलाई सोधपुछका लागि केही दिन अघि विभागको कार्यालयमा बोलाएको थियो ।

त्यसपछि विभागमा हाजिर भइसकेका उनले आफु घटनाक्रमले परिवन्दमा परेको, प्रत्यक्ष दोषी नरहेको र रोमानियामा रहेका आफ्ना दाजुमार्फत पीडितहरुसँग विदेश पठाउने कामकुरा भएको प्रष्टिकरण दिदै आएका छन् । तर, सोधपुछका लागि प्रहरीमार्फत बोलाएकै आधारमा अपराधी जस्तो व्यवहार गरिनु आपत्तिजनक भएको प्रेस चौतारीले जनाएको छ ।

पेशागत सुरक्षा गर्ने जिम्मेवारी बोकेको नेपाल पत्रकार महासंघको झापा शाखाले समेत परिवन्दमा परेको पत्रकारको वास्तविकता वेवास्ता गरी आरोपकै भरमा सदस्यताबाट निलम्बनका लागि सिफारिस गर्नु पूर्वाग्रही कार्वाही भएको चौतारीले दावी गरेको छ ।

महासंघलाई निर्णय अविलम्ब फिर्ता लिन चौतारीको जोडदार माग छ । यसैगरी, हिमशिखर टेलिभिजनले पराजुलीलाई अविलम्ब पुनर्वहाली गर्न समेत चौतारीले माग गरेको छ ।

कसुर प्रमाणित नै भए जस्तै गरी विर्तामोडबाट प्रकाशित हुने पूर्वाञ्चल दैनिकले पत्रकार पराजुलीको फोटोसहित समाचार प्रकाशित गरेकोमा प्रेस काउन्सिलको ध्यानाकर्षण गराउँदै चौतारीले पत्रिका र पत्रिकाका सम्पादकमाथि कार्वाही गर्न माग गरेको छ ।

घटना के हो ?

दमक निवासी पत्रकार पराजुली हिमशिखर टेलिभिजनका समाचार संयोजक एवम् प्रेस चौतारी झापाका सदस्य हुन् ।
उनका दाजु रोमानियामा बस्दै आएका छन् । रोमानियामा रहेका उनका दाजुले विभिन्न व्यक्तिलाई रोमानिया पठाइदिने भन्दै पैसा मागेका रहेछन् ।

विदेशमा मानिस पठाउने सम्बन्धी सम्पूर्ण कामकुरा रोमानियामा रहेका उनका दाजुले नै गरेका थिए । यसमा पत्रकार भूमि पराजुली पैसा असुल गर्ने प्रक्रियाका बेला घटनामा मुछिए ।

रोमानिया लैजाने आश्वासन पााएका पीडित व्यक्तिहरुले भूमिको बैंक खातामा रकम पठाएको र भूमिले सो रकम आफ्ना दाजुलाई रोमानियामा फरवार्ड गरेको पाइएको छ । भूमिले मानिसहरुलाई विदेशमा पठाइदिन्छु भनेका होइनन् । तर दाजुका कारण लेनदेनमा भने भूमि मुछिएकै हुन् ।

रोमानियामा रहेका भूमिका दाजुले रकम असुलेर मानिसहरुलाई विदेश नपठाएपछि विवाद सुरु भयो । रकम फिर्ता नपाएपछि पीडितहरुले वैदेशिक रोजगार विभागमा उजुरी दिएर रकम फिर्ता गराइदिन माग गरे ।

विभागले रोमानियामा रहेका भूमिका दाजुलाई भेट्न सकेन र बैंक खाता प्रयोग भएका आधारमा भूमिलाई नै झापाबाट काठमाडौंस्थित विभागमा हाजिर गराउन झापाको प्रहरीलाई पत्राचार गर्यो ।

प्रहरीले खबर गरेपछि पत्रकार पराजुली काठमाडौं पुगेर विभागको सम्पर्कमा गए । त्यहाँ विभागले पीडितहरुसँग छलफल गरायो र आफ्नै दाजुको मुद्धा भएकाले रकम फिर्ता गराउन दवाव दियो । रकम फिर्तामा दुवै पक्ष सहमत भएर गत विहीवार नै मिलापत्र भइसकेको छ भने पत्रकार पराजुलीले सफाइ पाइसकेका छन् ।

तर, यता हिमशिखर टेलिभिजनले पत्रकार पराजुलीलाई वर्खास्त गरेको हतार हतार विज्ञप्ति निकाल्यो भने नेपाल पत्रकार महासंघ झापाले सदस्यताबाट निलम्बनका लागि प्रदेश पत्रकार महासंघमा सिफारिस गर्ने निर्णय गरेको छ ।

आरोप लाग्ने वित्तिकै अपराधी मानिदैन

पेशाका व्यक्ति हुन् या सर्वसाधारण, आरोप लाग्ने वित्तिकै कोही पनि अपराधी मानिदैन । पत्रकार पराजुलीले वैदेशिक रोजगारीमा पठाउने भन्दै रकम आफैले असुल्ने र ठगी गर्ने धन्धा चलाएको थियो भने त्यो गम्भीर आरोप हुन्थ्यो । वास्तविकता त्यस्तो पनि होइन ।

यहाँ त पत्रकार पराजुलीका रोमानिया निवासी दाजु खास अभियुक्त हुन् । उनले नै विदेश पठाउने भनेर विभिन्न व्यक्तिलाई झुठो आश्वासन दिएका हुन् । परिबन्दका कारण रकम जम्मा गर्नका लागि पत्रकार पराजुलीको बैंक खाता मात्र प्रयोग भएको हो । दोष भनेको यति नै हो ।

आफु माथि लागेको आरोपका विषयमा वैदेशिक रोजगार विभागमा उपस्थित भएर छलफल गरी सफाइ समेत पाइसकेर पत्रकार पराजुली अहिले आफ्नो कार्यक्षेत्रमा फर्किसकेका छन् । उनी प्रहरी र विभागबाट लुकेका पनि होइनन्। उनको बिगत पनि खोटरहित छ । यस्तो अवस्थामा पत्रकार पराजुलीमाथिका कार्वाही पूर्वाग्रही भएको प्रेस चौतारीको भनाई छ ।

पछिल्लो समाचार

रास्वपाले झापाको सबै क्षेत्रमा उम्मेद्वारी दिने

अघिल्लो समाचार

गठबन्धनको सिट बाँड्ने कार्यदलको संयोजकमा कृष्ण सिटौला

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.