८ जेष्ठ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

जनताको अपार समर्थन एमालेलाई छ : गोपाल बुढाथोकी

साउन २७, २०७९, ६:१७ .शुक्रबार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २७ वैशाख । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट मेचीनगर नगरपालिकाको प्रमुख पदमा इमानदार, कुशल र स्वच्छ छवि भएका गोपाल चन्द्र बुढाथोकी उम्मेद्वार बनेका छन् । बुढाथोकीसँग लोकतन्त्र पोस्टका अर्जुन कार्कीले लिएको अन्तरवार्ता प्रस्तुत छ ।

कोण सभा र घरदैलो अभियान कस्तो रह्यो ?

अत्यन्तै उत्साहबर्धक र जनताको सहभागिता राम्रो रह्यो । हामीले बनाएको सेडुल अनुसार कार्यक्रम सफल भयो । जनताको अपार सर्मथन रहेको कुरा हामीले महसुस गर्यौं ।

प्रदेश सांसद पद छाडेर किन मेयरमा उठ्नु भयो ?

प्रदेश सांसद पनि पार्टीले उम्मेद्वार बनाएको, जनताले मतदान गरेर म प्रदेश सांसद भएको हो । प्रदेश सांसद पदबाट मेयरमा आउनका लागि पनि व्यक्तिगत कुरा भन्दा पनि पार्टीले आवश्यकता महसुस गर्यो । जसका कारणबाट मैले उम्मेद्वार बन्नु पर्ने एउटा परिस्थिति निर्माण भयो, कार्यकर्ताबाट माग भयो । आम कार्यकर्ता र नेतृत्वबाट मलाई प्रदेश सांसद पद छोडेर भए पनि मेयरमा उम्मेद्वारी दिनका निमित्त औपचारिक र अनौपचारिक ढंगबाट प्रस्ताव गरियो ।

त्यो कुरालाई अन्ततः पार्टीको जीवनको लागि, जनताको माग अनुसार, कार्यकर्ताको माग अनुसार मैले प्रदेश सांसद पद छाडेर राजीनामा दिएर मेचीनगरमा मेयर पदमा उम्मेद्वारी दिएको छु । अनेक ढंगबाट टिका टिप्पणीहरु भएका छन् । अहिले एकथरिका राजनीतिक दलहरु खासगरी मुख्य प्रतिस्पर्धी दलहरु सायद मलाई लाग्छ, नेकपा एमालेको एजेण्डाका विषयमा आलोचना गर्न कुनै विषयवस्तु नभेटेर यो कुरालाई अलिक बढी उचाल्ने गरेको मैले अलि–अलि सुनेको छु, यो सबै वाइयात कुरा हो ।

यो अराजनीतिक कुरा हो । किनभने भारतमा केन्द्रीय सांसद तल आएर मेयरमा उठ्ने, गाँउपालिकामा उठ्ने गरेका छन् । मल्टी पार्टी सिस्टम भएको मुलुकमा त्यो देखिन्छ । यो म मा मात्र होइन कांग्रेसको संघीय सांसद मेयर–अध्यक्षमा, गाँउपालिकामा आएर उठेको हामीले सुन्दैछौँ । काठमाडौँमा केशव स्थापित मेयरमा उठ्नु भएको छ । इलाममा पनि अरु उठ्नु भएको छ । त्यो आवश्यकताको हिसावले जाने कुरा हो र ७ महिना बाँकी थियो । खास गरी पार्टीको अधिनस्थ हुन्छन् कार्यकर्ताहरु । पार्टीको अधिनस्थ भएको कारणबाट पार्टीको निर्णयलाई हामीले मान्नु पर्ने हुन्छ । पार्टीको निर्णय मान्नु पर्ने, निर्देशन स्वीकार गर्नु पर्ने कारणबाट मैले उम्मेद्वारी दिएको हुँ ।

विगतमा मेचीनगरमा के भएन र अहिले तपाई पनि ?

विगतमा के भएन भन्दा पनि विकास लोकतन्त्रमा निरन्तर चलिरहने प्रकृया हो । आवधिक निर्वाचन भइरहन्छन् । विडम्बना, हामी यहाँको सबैभन्दा ठूलो दल भए पनि विगतमा हामीले मेयर पद गुमाउनु पर्यो । प्रतिस्पर्धामा यस्तो हुन्छ, स्वाभाविक छ । उपमेयरसहित हामी बहुमतमा गइम् । कार्यकारी अधिकार र मुख्य पदमा काम गर्नका लागि मुख्य जिम्मेवारी मेयरमा हुन्छ । त्यसैमा धेरै जिम्मेवारीहरु निहित हुन्छन् । अहिले हामीले मेयर पदमा जित्दैछौं ।

मेचीनगरमा एमालेले जित्ने आधार के छ ?

एमालेले जित्ने आधार त स्पष्ट रुपमा एमालेले गरेको कर्महरु नै हुन् । कर्मको फल खाने भन्छन् नि, त्यस्तै हो । पहिलो कुरा एमालेले २०५१ सालदेखि यता खास गरी बहुदलीय व्यवस्थाको पुनःवहालीपछि एमालेले मुलुकमा गरेका उसका कर्महरु चाहे त्यो सरकारमा बस्दा होस् वा चाहे प्रतिपक्षमा बस्दा होस् गरेका यावत कामहरु राष्ट्रका निम्ति वा जनताका निम्ति गरेका यावत कामहरु नै हाम्रो पार्टीले जित्ने आधारहरु हुन् । दोस्रो कुरा स्थानीय तहमा हाम्रो संगठन बलियो छ । इमानदार कार्यकर्ताहरुको पंक्ति ठूलो छ । कार्यकर्ताहरु जनतामा भिजेका हुन्छन्, जनताका साथी, ती कार्यकर्ताहरु जनतामा गएर काम गरेका हुन्छन् । बलियो संगठन नै हाम्रो जित्ने प्रमुख आधार हो । जनताको अपार समर्थन हामीसँग छ, यसकारण हामीले जित्छौँ ।

एमालेले जित्न किन जरुरी छ ?

नेकपा एमालेले २०५४ सालमा हामीले स्थानीय तहको निर्वाचनमा जितिसकेपछि तत्कालिन नगरका मेयर रविन कोइरालाले थुप्रै राम्रा कार्यक्रम र योजनाहरु सुरु गर्नु भएको थियो । त्यसपछि लामो समय निर्वाचन भएन, अवरुद्व रह्यो । त्यस पछाडि निर्वाचन भयो । २०७४ सालमा निर्वाचन भएपछि र कांग्रेसका नेताले चुनाव जित्नु भयो मेयरमा । एमालेले मेचीनगर मात्रै किन र देशैभरि जित्नु पर्छ । शिक्षा, स्वास्थ्य तथा रोजगार लगायतका विषयहरुमा, जनमुखी कार्यक्रम ल्याउन एमालेले जित्नु पर्छ । पर्यापर्यटनको विकासका निमित्त, पर्यावरणको विनास रोक्नका निमित्त एमालेले जित्नु पर्छ । अहिले पनि बाहुनडाँगीको लिम्बुटार, स्याङ्लेङटारमा खानेपानीको सहज पहुँच छैन । त्यहाँ पानी खान मुस्किल छ ।

गाईवस्तुहरुलाई खोले खुवाउने पानी समेत त्यहाँ छैन । पिछडिएका समुदायहरु, खास गरिकन राज्यको पुनःसंरचना हुँदा खेरी गाउँपालिकाहरु नगरपालिकामा मिसिएका छन् । गाउँ विकासहरु जसरी नगरपालिकामा समाहित भएका छन् । ती क्षेत्रहरुलाई हामी नगरपालिकामा समाहित हुँदा हेपियौं भन्ने किसिमका जुन मनोविज्ञान विकास कता–कता हुन खोजिरहेको छ । त्यसो हुन दिदैनौँ । पहिलाको सानो नगरपालिका अहिले ठूलो भएको छ । पक्षपातपूर्ण व्यवहार हुँदैन भन्ने अनुभूति दिलाउनका निम्ति पनि एमालेले जित्न जरुरी छ ।

यो चुनावका बेलामा बाहुनडाँगी, शान्तिनगर, दुहागढी र धाइजनका कुराहरु बढी गर्छन् । अब मेचीनगर नगरपालिकामा एमालेले जित्दा साविकका भुगोलहरुमा आधारित रहेर हाम्रा दृष्टिकोणहरु प्रस्तुत हुने छैनन् । त्यो ढंगले व्यवहार हुने छैन । किनभने हामी जाँहा भएपनि मेचीनगरका भुगोलका जनताहरुले जहाँसुकैबाट पनि प्रतिनिधित्व गर्न सक्छौँ । बाहुनडाँगीको मान्छे मेचीनगरको मेयर हुन सक्छन् । ज्यामिरगढी, धाइजनको मान्छे मेचीनगरको मेयर बन्न सक्छन् ।दुवागढीको मान्छे मेचीनगरको मेयर हुन सक्छन् । काँकरभिट्टा वा धुलाबारीबाट हुन सक्छन् ।

अन्त्यमा

आम मतदाताहरुलाई के भन्न चाहन्छु भने निर्वाचन नजिकिएको छ । मतदाताहरुले दल पनि रोज्छन्, व्यक्ति पनि रोज्छन् । दलीय हिसावले, दलको प्रभावको हिसावले, दलको गतिविधिको हिसावले, दलको मूल्य र मान्यताको हिसावले, दलको आचरण र व्यवहारको हिसावले, मैले अघि पनि भने लोकप्रिय हिसावले एमालेलाई जनताले मतदान गर्नुपर्छ । म आम जनतालाई सूर्य चिह्नमा मतदान गरिदिनु हुन अनुरोध गर्दछु ।

गोपाल बुढाथोकी यहि जन्मी, हुर्की, यहिँ खेली सबै कामहरु गरेर आएको मान्छे । हामी अनेक ढंगले जनताको वीचमा हातेमालो गरेर काम गर्दै आएका मान्छेहरु हौँ । नेकपा एमालेको तर्फबाट म लगायत हाम्रो टिमका सम्पूर्ण उम्मेद्वारहरु यहि भूमिमा काम गरेर आएका छौँ । हामी सबैलाई विजय गराएर तपाईहरुको सेवा गर्ने सुवर्ण अवसर प्रदान गरिदिनु हुन्छ भन्ने अपेक्षा गर्न चाहन्छु ।

पछिल्लो समाचार

ब्राउनसुगरका कारोबारी सहित ४ पक्राउ

अघिल्लो समाचार

भीमा शिवाकोटीसहित ३ जना पत्रकार सम्मानित

Related Posts

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त
banner

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त

जेष्ठ ७, २०८२, ७:२६ .मङ्लबार
वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
box -2

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.