बिर्तामोड, २७ साउन । झापाली दिवंगत अग्रज पत्रकार डिकमान विरहीको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट तीन पत्रकार सम्मानित भएका छन् ।
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाले आज एक समारोहबीच उक्त पुरस्कार प्रदान गरेको हो ।
पुरस्कृत हुनेहरुमा भीमा शिवाकोटी (डिकमान विरही पत्रकारिता पुरस्कार), विष्णुकुल श्रेष्ठ (उदीयमान पत्रकारिता पुरस्कार) र गंगामाया बेघा (उदीयमान पत्रकारिता पुरस्कार) रहेका छन् । नगद पुरस्कार स्वरुप शिवाकोटीलाई २५ हजार रुपैयाँ र अरु दुई पत्रकारलाई पाँच हजार रुपैयाँ प्रदान गरिएको छ ।
मेचीनगर–१३ चारआली निवासी डिकमान सुनुवार रासस, पूर्वाञ्चल, शनिवार, विवेचना, झुल्केघाम लगायतका पत्रपत्रिकामा कार्यरत थिए। उनको असामयिक निधनपछि फोनिज झापाले पुरस्कार स्थापना गरेको हो । आज पुरस्कृत शिवाकोटी कञ्चनजंघा एफएममा कार्यरत छन् भने श्रेष्ठ एपी वान टेलिभिजनमा कार्यरत छन् ।
फोनिज झापाकी अध्यक्ष भूमिका सुब्बाको अध्यक्षतामा भएको सम्मान कार्यक्रमको प्रमुख अतिथि फोनिजका संघीय उपाध्यक्ष कमन देवान रहेका थिए ।
सो अवसरमा पत्रकारहरु दिपीन राई, इन्दु पूर्वेली, रेजिना रोदन, मनकुमार गदाल, गणेशमान मुखिया, रमेश समदर्शी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
Discussion about this post