झापा, २७ साउन । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट तीन प्रकारका चुल्हो किन्न पाइने भएको छ ।
बागमती प्रादेशिक कार्यालय थापाथलीबाट तीन हजारदेखि ४ हजार ५ सय रुपैयाँ मूल्य सम्मको इन्डक्सन चुल्हो किन्न पाइने कम्पनीले जनाएको छ ।
कम्पनीले इन्डक्सन चुल्हो अल्ट्राटेक यूटीआई २० को प्रतिथान मूल्य ३ हजार रुपैयाँ तोकेको छ । यस्तै मिडिया ब्राण्डको इन्डक्सन चुल्होको मूल्य ४ हजार र इन्डक्सन चुल्हो अल्ट्राटेक यूटीआई २२ को मूल्य ४ हजार ५ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
तोकिएको रकम भ्याटसहित भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले बताए । मिडिया ब्राण्डको इन्डक्सनमा २ वर्षको वारेन्टी रहेको र यो बजार मूल्य भन्दा सस्तो रहेको पनि उनको भनाइ छ ।
बजारमा खाना पकाउने ग्याँसको मूल्यपछि उपभोक्तालाई राहत होस् भनेर विद्युतीय चुल्हो सस्तोमा बिक्री पुनः सुरु गरेको कम्पनीले जनाएको छ । कम्पनीले यसअघि चीन सरकारको अनुदानमा प्राप्त चुल्हो कोरोना महाहारीको समयमा बिक्री गरेको थियो ।
Discussion about this post