झापा, २८ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सबै सम्पत्ति राज्यको नाममा गरेको बताएका छन् ।
शनिबार लोकतान्त्रिक शेर्पा संघ नेपालको दोस्रो अधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् ।
उनले भने ‘मैले मेरा सबै सम्पत्ति राज्यको नाममा गरिदिएको छु, घर, घडेरी, बैंक ब्यालेन्स सबै ।’ अध्यक्ष ओलीले प्रश्न गरे, ‘मैलेजस्तै प्रचण्ड, शेरबहादुर देउवा र माधव नेपालले यस्तो गर्न सक्छन् ?’
एमालेलाई बहुमत ल्याउनबाट रोक्न गठबन्धन गरिएको उनले बताए । एमालेको लोकप्रियताबाट आत्तिएर अरु दलहरू गठबन्धनमा पुगेको उनको दावी छ ।
‘एक्लाएक्लै चुनाव लड्दा एमालेले बहुमत ल्याइहाल्छ भनेर यो सबै सठबन्धन बनिरहेको छ,’ ओलीले भने, ‘५ दलले नपुगेर अझ गठबन्धन गर्न लागिएको छ ।’
‘कांग्रेस लौरो टेकेर पनि एक्लै उभिन नसकेर अरुको सहारा खोजिरहेको छ’, उनले भने–‘कांग्रेसले लोकतन्त्रलाई गलत दिशामा लैजान खोजिरहेको छ । प्रतिष्पर्धा भनेको लोकतन्त्र हो तर देशलाई द्वन्द्व र दुस्मनीतर्फ लगिरहेको छ ।’
Discussion about this post