झापा, ६ भदौ । महिलाहरुको महान चाड हरितालिका तीज झापामा सुरु भएको छ ।
विगतका वर्षहरुमा कोरोनाका कारण महिलाहरुले तीज खासै मनाउन पाएनन् ।
यसपटक पनि कोरोनाले मान्छेलाई छाडेको छैन । कोरोना संक्रमणले विरामीको संख्या फेरि बढ्न थालेको छ । तर पनि यसपटक महलिाहरु कोरोनासँग जुझ्दै तीज कार्यक्रमहरुमा सहभागी हुन थालेका छन् ।
कोरोना संक्रमणलाई प्रवाह नगरी महिलाहरुले तीजलाई बढी महत्व दिएर लागेका छन् ।
राजनीतिक दलका विभिन्न संघ–संगठन, सामाजिक संस्थामा आवद्व महिलाहरु, टाडा–टाडाबाट माइती आएका आफन्त, छरछिमेकका दिदिबहिनीहरु भेला भएर तीज मनाउन थालेका छन् ।
शनिबार कनकाईमा भट्टराई कुल वंश प्रतिष्ठान झापा जिल्ला छोरी–बुहारी महिला सञ्जालको आयोजना तथा कनकाई नगर शाखाको संयोजनमा जिल्लास्तरीय तीज मिलन कार्यक्रम सम्पन्न भएको छ ।
कनकाई नगरपालिका स्थित पर्यटकीय स्थल धनुषकोटी धामको तीज मिलन कार्यक्रममा अर्जुनधारा, मेचीनगर, भद्रपुर, कचनकवल, बिर्तामोड, कनकाई, शिवसताक्षी र दमक नगरपालिकाका महिलाहरु सहभागी भएका थिए । सो तीज कार्यक्रममा महिलाहरु कम्मर मकाई मकाई नाचेका थिए ।
प्रतिष्ठानकी केन्द्रिय महिला महाशाखा प्रमुख भीष्मा भट्टराई, दमक नगरपालिकाकी उपमेयर रेगिना भट्टराई लगायत महिला नेतृहरुले छोरी–बुहारीहरु घरको काम भ्याएर भएपनि सामाजिक तथा समूहगत रुपमा गरिने कार्यक्रमहरुमा सहभागि हुन सबैलाई आग्रह गरेका थिए ।
भापाका विभिन्न स्थानमा स्टेज बनाएर तथा गाँउघरमा महिलाहरु तीजका विभिन्न गीतमा कम्मर मकाई मकाई नाच्न थालेका छन् ।
अखिल नेपाल महिला संघ मेचीनगरले पनि भदौ ७ गते धुलाबारीको टाउन हलमा तीज विशेष कार्यक्रम आयोजना गरेको अध्यक्ष जानुका ओलीले जानकारी दिइन् ।
यसैगरी अन्य दलका भातृ संस्थाका महिलाहरुले पनि तीजका कार्यक्रमहरु राखेका छन् । यसपटक तीज पर्व आगामी भदौ १३ गते दरखाने र १४ गते हरितालिका तीजको ब्रर्त बस्ने दिन रहेको छ ।
Discussion about this post