७ माघ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

‘बालेन’ जस्तै एक्सनमा काम गर्न मेचीनगरका मेयरलाई आग्रह

भदौ १२, २०७९, ५:५४ .आइतवार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।।

मेचीनगर, १२ भदौ । एक नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को जस्तै एक्सनमा काम गर्न मेचीनगरका मेयरलाई आग्रह गरेका छन् ।

शनिबार मेचीनगर–६ स्थित मेची सामुदायिक हलमा आयोजित कार्यक्रममा काँकरभिट्टाको ट्रमिनल, प्यारीभिट्टाको बसपार्क, फुटफाथका पसल, नाकामा सिटी रिक्साको जाम, पार्किङ लगायत समस्याका विषयमा एक्सनमा काम गर्न उनले अनुरोध गरेका हुन् ।

मेयर बालेनले जसरी कानून अनुसार एक्सन लिए, त्यसरी नै नगरपालिका कार्यविधि बनाएर यी समस्याहरु समाधान गर्न सांसद मैनालीले सुझाव दिएका थिए ।

मेची पुलमा सिटीरिक्सा लगायतको भिडभाड, काँकरभिट्टा ट्रमिनल, फुटफाथ पसल, प्यारीभिट्टाको बसपार्क, होटल र बसमा मान्छे तान्ने, विदेशी पर्यटकलाई नाकामा गर्ने व्यवहार लगायतका विषयमा सरोकारवाला निकायसँग मेचीनगर नगरपालिकाले आयोजना गरिएको छलफलमा कसले के भने जस्ताको तस्तै :

मेची पुल २ नम्बरीको कब्जामा : पूर्व मेयर आचार्य

मेचीनगरका पूर्व मेयर विमल आचार्यले व्यापार गर्न काँकरभिट्टा नाका सहज नभएकाले आफै पनि भारतको गलगलियाको बाटो प्रयोग गर्न थालेको बताए । लागुऔषध, चेलीबेटी बेचविखन लगायत थुप्रै खालका तस्करीका कारण नाका विग्रिएको उनको भनाई छ । गाजा, ड्रग्स्, हिरोइन लगायतका अवैध समान यो नाकाबाट सहज आउने गरेको उनले बताए ।

‘मेची पुलमा २ नम्बरीहरुले कब्जा गरेको अवस्था छ’, पूर्व मेयर आचार्यले भने–‘सार्वजनिक बाटोमा कुनैपनि गाडी पार्किङ गरेर राख्न पाइँदैन । सिटी रिक्सा लगायत साना गाडीहरुको कार्यविधि बनाएर सञ्चालन गरिनु पर्छ । यसका लागि नगरपालिकाले उच्चस्तरीय समिति बनाउन आवश्यक छ ।’

भन्सारको चेकपोष्ट कानेखुसी सेन्टर : डीएसपी महतो

काँकरभिट्टाका डीएसपी ज्ञानकुमार महतोले मेची भन्सारको चेक गर्ने ठाउँ कानेखुसी सेन्टर भएको बताए । ड्रग्स् कन्ट्रोल गर्न सेवन कर्तालाई दुहागढीको होल्डिङ सेन्टरमा राखेर उपचार गर्न आग्रह गरेका थिए ।

बसपार्कमा राखिएको यात्रु प्रतिक्षालयको बेन्च होटल र पसलतिर लगेर राखेको उनले आरोप लगाए । होटलमा राखिएको अवस्थामा बेन्च भेटिएपछि फेरि यात्रु प्रतिक्षालयमा ल्याउने काम भएको उनको भनाई छ ।

दातृ निकायबाट सहयोग मागौँ : माओवादी नगर अध्यक्ष चिमरिया

नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष राजन चिमरियाले दातृ निकायबाट अर्वको लगानी लिएर यी सबै समस्या समाधानमा लाग्न नगरपालिकालाई सुझाव दिएका थिए ।

८० प्रतिशत मान्छे बाहिरबाट आएर तस्करी : एमाले नेता आचार्य

नेकपा एमालेका नेता शुशिल आचार्यले यस नगरमा ८० प्रतिशत मान्छे बाहिरबाट आएर यहाँ व्यापारका नाममा तस्करी गरिरहेको दावी गरेका छन् । अवैध धन्दा सञ्चालन गर्नेहरुलाई निरुसाहित गर्न काँकरभिट्टाबासीहरु जागरुक हुनुपर्ने उनले बताए ।

बसपार्कमा फेरि थपिए फुटफाथ पसल : मजदुर संघ अध्यक्ष तामाङ

नेपाल यातायात मजदुर संघका नगर सभापति विशाल तामाङले बसपार्कमा फेरि फुटफाथ पसलहरु थपिन थालेकोमा चिन्ता व्यक्त गर्दै यसमा नगरपालिकाले ध्यान दिन जरुरी रहेको बताए ।

बसपार्कमा राजनीतिक भयो : कांग्रेस नेता बुढाथोकी

नेपाली कांग्रेस क्षेत्रीय सहसचिव सुरेन्द्र बुढाथोकीले बसपार्कमा राजनीतिक भएको बताएका छन् । उनले काँकरभिट्टा ट्रमिनलको व्यावस्थापन र प्यारीभिट्टा बसपार्कलाई सञ्चालन गर्न नगरपालिकालाई अनुरोध गरेका थिए ।

अल्पकालिन र दिर्घकालिन योजना बनाउँ : समाजसेवी घिमिरे

समाजसेवी डिल्लीराम घिमिरेले यी सबै समस्याको समाधान गर्न अल्पकालिन र दिर्घकालिन योजना बनाएर अघि बढ्न नगरपालिकालाई सुझाव दिएका थिए ।

मिनी मार्केटमा व्यापारिक भवन बनाउँ : जसपा नेता गुरुङ

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य धनप्रसाद गुरुङले मिनी मार्केटमा व्यापारिक भवन बनाएर त्यहि पार्किङको व्यवस्था गर्न नगरपालिकालाई सुझाए ।

लाहुरेहरु यो नाकाबाट आउन छाडे : यातायात व्यवसायी थापा

यातायात व्यवसायी प्रविण थापाले पार्किङको समस्या समाधान गर्न सबैले पहल गर्नु पर्ने बताए । बसपार्कमा एउटा पनि यात्रु प्रतिक्षालय नभएको उनले बताए । नाकामा समस्या भएकै कारण विगतमा भारतबाट विदामा हुलका हुल आउने लाहुरेहरु अहिले आउन छाडेको उनको भनाई छ ।

नाकामा झोले बैँकहरु छ्याप छ्याप्ती : मजदुर नेता तिम्सिना

मजदुर नेता एकराज तिम्सिनाले मनिचेञ्जर, होटल, ट्राभल, सिटी रिक्साहरु बसपार्कमा अव्यस्थित रुपमा सञ्चालन भएकाले नियमकारी निकायको ध्यान जान जरुरी रहेको बताए । उनले नाकामा मनिचेञ्चरहरु भन्दा पनि झोले बैँकहरु छ्याप छ्याप्ती रहेको बताए ।

सिटी तथा अटो रिक्साहरुको मापदण्ड आवश्यक : सिटी रिक्सा संघका अध्यक्ष चौहान

सिटीरिक्सा तथा अटो संघका नगर अध्यक्ष गणेश चौहानले नगरपालिकाले सिटीरिक्साको मापदण्ड बनाउन जरुरी रहेको बताए । उनले भारत र नेपालको प्रशासन तथा नगरपालिकाको सहकार्यमा समस्या समाधान गर्न सकिने धारणा राखेका थिए ।

वैठक मात्र बस्ने होइन कार्यान्वयन गरौँ : स्वतन्त्र मजदुर संगठन अध्यक्ष सुवेदी

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका नगर अध्यक्ष राजकुमार सुवेदीले यस्ता वैठकहरु धेरै बसे तर कार्यान्वयन कहिलै नभएको बताए । उनले विशेष गरेर कार्यान्वयनमा जोड दिन अनुरोध गरेका थिए । उनका अनुसार सिटीरिक्साको अनुमति नगरपालिका दिनुपर्छ ।

बसपार्कमा मान्छे तान्नेको विगविगी : ट्राभल संघका अध्यक्ष कार्की

ट्राभल संघ झापाका अध्यक्ष नेत्र कार्कीले बसपार्कमा मान्छे तान्नेको विगविगी रहेको बताए । पुलमा सिटी तथा अटो रिक्साको स्टेण्ड भएकोमा दुःख व्यक्त गरे ।

सिस्टम लागु गर्नसके समाधान : होटल व्यवसायी संघ अध्यक्ष श्रेष्ठ

होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल) ले पूर्वी नाका काँकरभिट्टाको समस्यालाई सिस्टममा लानसके समाधान हुने बताए ।

मेची पुल र बसपार्क अस्तव्यस्त : मेची बस व्यवसायी संघ अध्यक्ष श्रेष्ठ

पूर्व मेची बस व्यवसायी संघका अध्यक्ष विष्णु श्रेष्ठले बसपार्क, मेची पुल र बसपार्क अस्तव्यस्त रहेको बताए । उनले यसलाई रोक्न नगरपालिकाले दण्ड, जरिवाना गरेर भएपनि समस्याको समाधान निकाल्न अब ढिलो नगर्न सुझाव दिएका थिए ।

काँकरभिट्टाको विविध विषयमा सरोकारवालासँग गरिएको छलफलको अध्यक्षता मेयर बुढाथोकीले र त्यसको सञ्चालन तथा व्यवस्थापन ६ नम्बर वडा कार्यालयका वडाध्यक्ष ललितबहादुर तामाङले गरेका थिए ।

बसपार्कमा बहुतलिय व्यापारको अवधारणा : मेयर बुढाथोकी

मेयर बुढाथोकीले बसपार्कको समस्या ३० वर्ष अघिदेखिको रहेको बताए । उनका अनुसार यसको कार्यान्वयनका लागि सरोकारवालाको सहयोग आवश्यक छ । यी तमाम विषयलाई सूचिकृत गरेर अघि बढिने उनले बताए ।

‘बसपार्क आसपास बहुतलिय व्यापारको अवधारणा ल्याएका छौँ’ मेयर बुढाथोकीले भने–‘बहुतलिय भवनमा गाडी पार्किङदेखि व्यापारका पसलहरु हुने छन् । त्यसका लागि लगानी वार्डमा प्रस्ताव गरेका छौँ ।’

पछिल्लो समाचार

प्रचण्ड धरान आएर मेयर हर्कसँग मिलेर गरे वृक्षारोपण

अघिल्लो समाचार

हात्ती आएको थाहा पाउन बाहुनडाँगी बजारमा विद्युतिय ‘साइरन’

Related Posts

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी दर्ता
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार
ओली उम्मेदवारी दिन आफ्नो निर्वाचन क्षेत्रमा
banner

ओली उम्मेदवारी दिन आफ्नो निर्वाचन क्षेत्रमा

माघ ५, २०८२, ११:४९ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.