धरान, १० भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले धरानका मेयर हर्क साम्पाङसँग मिलेर वृक्षारोपण गरेका छन् ।
जनवादी गायक जेबी टुहुरेको स्मृतिमा धरान पुगेर प्रचण्डले वृक्षारोपण गरेका हुन् ।
प्रचण्डले वृक्षारोपण पश्चात् मेयर साम्पाङबाट धेरैले प्रेरणा लिन सकिने बताए । जनतासँग मिलेर काम गर्न पनि प्रचण्डले साम्पाङलाई सुझाव दिएका छन् ।
Discussion about this post